सेप्टेम्बर ११ का ती शक्तिशाली २४ तस्बिर जसलाई अमेरिकाले कहिल्यै बिर्सने छैन


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन र पेन्सिल्भानियामा रहेको स्यांक्सभिलेमा ठोक्काएका थिए ।

उक्त आतंकवादी आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भानियाका जम्माजम्मी दुई हजार नौ सय ७७ जनाको मृत्यु भएको थियो जसमध्ये १९ अपहरणकर्तासमेत थिए ।  घटनाको जिम्मेवारी आतंककारी संगठन अल कायदाले लिएको थियो ।

यहाँ त्यस दिनका यस्ता तस्बिर दिइएका छन् जुन सायद अमेरिकाले सायद कहिले बिर्सन सक्दैन ।

तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश घटना हुँदा एक स्कुलको कार्यक्रममा थिए । पहिलो पटक घटनाबारे जानकारी दिँदा उनको अनुहारको भाव यस्तो थियो ।

टावरको माथिल्लो तल्लामा हज्जारौं फसेका थिए । विमानको हमला लगत्तै धेरैको मृत्यु भयो भने त्यसपछिको आगोमा परी थुप्रैले ज्यान गुमाए । कतिको त्यहाँबाट हाम फालेका कारण पनि मृत्यु भयो । उक्त टावरमा दुई हजार ६ सय ६ को मृत्यु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com