जापानमा ताइफुबाट एकको मृत्यु, यसरी उडायो गाडि र घर


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

जापानमा मङ्गलवार आएको शक्तिशाली आँधीबाट एक जनाको ज्यान गएको छ भने यसले जापानी जनजीवन अस्तव्यस्त बनाइदिएको छ । जेबी नाम दिइएको सो आँधी प्रतिघण्टा २ सय १६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले बताएका छन् ।

भारी वर्षासहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानमा अधिकांश स्थानमा पहिरो गएको छ भने यातायात पनि ठप्प रहेको छ । उद्धार कार्यमा खट्न सबैलाई आग्रह गर्दै प्रधानमन्त्री सिञ्जो आवेले सतर्कता अपनाउन नागरिकलाई आग्रह समेत गरेका छन् ।

खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना जारी गरिएको हो । सोमवार साँझबाट शुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली रहेको र मङ्गलवार अाँधीको गति झनै बढेको बताइएको छ । यसैकारण नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्कन र सरकारी सूचनाहरुलाई मनन गर्न मौसमविद्हरुले सुझाएका छन् । आँधीका कारण कन्साई अन्तरराष्ट्रिय विमानस्थल बन्द भएको थियो । आँधीका कारण किन्की क्षेत्रका हवाई उडान र रेलवे सेवा रद्ध गरिएको छ भने कारखाना तथा युनिभर्सल स्टुडियोज जापान लगायतका क्षेत्रहरु पनि बन्द भएका छन् । क्योतो स्टेशनमा शक्तिशाली हावाहुरीका कारण सिसाको छानो उडाउँदा केही मानिस घाइते भएको बताइएको छ ।

हावाहुरीका कारण पश्चिम जापानमा केही ट्रकहरु राजमार्गमै पल्टिएको प्रहरीको बताएको छ । त्यस्तै कन्साइ विमास्थल र ओशाका प्रिफेक्चरको शहर इजुमिसानोलाई जोड्ने पुलनजिक एक ट्याङ्कर अनियन्त्रित भइ पल्टिदाँ टयाङ्कर र पुल क्षतिग्रस्त भएको भएपनि यात्रुहरु भने सकुशल रहेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलको रनवे र टर्मिनलमा बाढी पसेका कारण अवस्था गम्भीर बनेको स्थानीय अधिकारीले बताएका छन् । ओशाका बन्दरगाहमा दर्जनौं जहाजहरु बाढीले बगेको तर क्रु सदस्यहरु भने सकुशल रहेको जानकारी आएको छ ।
पश्चिम जापानमा आएको यस आँधीले यातायात सिष्टम र व्यवसायहरु प्रभावित बनेको छ ।

http://beingnp.com/wp-content/uploads/2018/09/Vid.mp4?_=1

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com