अमेरिकाले ब्वाँसोको जस्तो व्यवहार गरेको भन्दै टर्कीका राष्ट्रपतिद्वारा डलरको ‘एकाधिकार’ तोड्न आह्वान


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

टर्कीका राष्ट्रपति रिसेप तईप अर्दोगानले अमेरिकी नाकाबन्दीको जवाफमा अन्य देशहरुसँग गरिने व्यापार र लगानीहरुलाई गैर–डलरमा कारोबार गर्ने बताएका छन् । अर्दोगानले अमेरिकाले आफूहरुलाई गरेका व्यवहारलाई ‘जङ्गली ब्वाँसो’ले गर्ने व्यवहारसँग तुलना गरे ।

‘बिस्तारै हामीहरु डलरको एकाधिकार सँधैको लागि अन्त्य गर्नेतर्फ अघि बढ्नुपर्छ । यसको लागि हामीले आफूहरुसँग रहेको स्थानीय तथा राष्ट्रिय मुद्रा प्रयोग गर्नुपर्छ,’, अर्दोगानले किर्गिस्तानमा भएको व्यापारिक मञ्चमा भने ।
टर्कीस राष्ट्रपतिका अनुसार विश्वव्यापी व्यापार सहजीकरण गर्नको लागि डिजाइन गरिएको डलरसँग जोडिएको प्रणाली हाल आएर एक प्रमुख समस्यामा बदलिएको बताएका छन् । अमेरिकाले यस मुद्रा दरलाई प्रभाव पारेर बलियो र स्वस्थ टर्कीको अर्थतन्त्रमाथि शंकाको बादल निर्माण गर्ने उदेश्य लिएको अर्दोगानले बताए ।

‘अमेरिका जंगली ब्वासोजसरी व्यवहार गर्दछ । उनीहरुको विश्वास नगर्नुस्,’ अर्दोगानले भने । ‘डलरमात्र प्रयोग गर्दा हामीलाई हानी पुग्छ । हामी हार मान्ने छैनौं । हामी विजयी हुनेछौं ।’ हालसालैका दिनहरुमा टर्की अमेरिकाको प्रतिबन्धहरुका कारण विषम मुद्रा संकटसँग गुज्रिरहेको छ । अंकारा र वासिङ्टनबीचको कुटनैतिक तनावले यही वर्षमात्र टर्कीस मुद्रा लिराले डलरको तुलनामा ४२% मुल्य गुमायो ।

टर्कीस स्ट्यास्टीकल इन्ष्च्यिुटले प्रदान गरेको तथ्याङ्कअनुसार अघिल्लो महिना टर्कीमा मुद्रास्फिर्ती बढेर १८ प्रतिशत पुगेको थियो ।  वाशिङ्टनले एक अमेरिकी पादरीलाई पक्राउ गरेको आरोपमा अंकारामाथि आर्थिक दबावका लागि प्रतिबन्धलाई प्रयोग गरिरहेको छ । पादरी एन्ड्रयु ब्रुन्सोनमाथि अंकाराले सन् २०१५ मा प्रयास भएको राष्ट्रपति अर्दोगनमाथिको सैन्य ‘कू’ मा सहयोग गरेको आरोप लगाएको छ । ब्रुनसनलाई ३५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

टर्कीका न्यायमन्त्री अब्दुलहमित गुल र आन्तरिक मन्त्री सुलेएमान सोलुलाई ब्रुसनानमा पक्राउ गर्न प्रमुख भूमिका रहेको भन्दै वासिङ्टनले तिनको सम्पत्ति रोक्का गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीको अल्मुनियम र स्टीलमा लागिरहेको अमेरिकी भन्सार पनि बृद्धी गर्ने घोषणा गरेका छन् ।

जवाफमा अंकाराले पनि अमेरिकी सामानहरु कार, रक्सी तथा सुर्तीहरुमा कर बृद्धिको घोषणा गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com