अमेरिकालाई डब्लू टी.ओबाट फिर्ता बोलाउने ट्रम्पकाे धम्की


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पले अमेरिकालाई विश्व व्यापार सङ्गठन (डब्लू टी.ओ) बाट अमेरिकालाई फिर्ता बोलाउने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले विश्व व्यापार सङ्गठनले अमेरिकाप्रति गर्ने व्यवहारलाई समयमै परिवर्तन नगरे आफूहरू सङ्गठनबाट बाहिरिने धम्की दिएका हुन्।

अन्तर्रराष्ट्रिय समाचार संस्था ब्लूमबर्ग समाचारसँगको साक्षात्कारमा राष्ट्रपति ट्रम्पले डब्लू टीओबारे आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका हुन् । विश्व व्यापारको लागि नियमहरू र देशहरूको बिच विवाद समाधान गर्न स्थापित गरिएको डब्लू टी.ओले पछिल्लो समय अमेरिकाप्रति निष्पक्ष व्यवहार नगरेको ट्रम्पको आरोप छ ।

ट्रम्पले दिएको चेतावनीले सम्भवतः डब्लुटीआले निरीक्षण गर्दै आएको खुला व्यापार प्रणाली र ट्रम्पको व्यापारिक नीतिबिचको विवादलाई झल्काएको अमेरिकी अधिकारीहको भनाइ छ । अमेरिकी व्यापार प्रतिनिधि बरोबर लीथाइजरले पनि डब्ल्यूटीओले अमेरिकी सार्वभौमिकतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

ट्रम्पले राष्ट्रपति बन्नुअघिदेखिनै डब्ल्यूटीओको अनुचित व्यापारबारे बोल्दै आएको लीथाइजरको भनाइ छ । डब्ल्यूटीओ देश–देशबिचको व्यापारिक नियमहरूको विवाद समाधान गर्न र व्यापार उदारीकरणबारे वार्ता गर्नका लागि बनेको विश्व व्यापारिक फोरम हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com