पाकिस्तानी प्रधानमन्त्री इमरानका पाँच घोषणा


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले गरेका पाँच प्रतिवद्धता सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको जीवन अनुशरण गर्ने घोषणा गरेका इमरानले गरेका पाँच घोषणाको निकै प्रशंसा भएको छ । उनले राष्ट्रका नाममा गरेको सम्बोधनक्रममा उल्लेख्य पाँच घोषणा यस्ता छन्ः

१. प्रधानमन्त्री निवास छाडेर तीनकोठे भवनमा बसोबास गर्ने निर्णय ।
२. ५२४ सहयोगी कटाएर २ जना सहयोगी नियुक्त ।
३. प्रधानमन्त्रीको सुरक्षाका लागि व्यवस्था गरिएको ३३ बुलेटप्रुफ सहित ८० गाडी लिलाम गरेर राज्यको ढुकुटीमा आम्दानी बाँधिने ।
४. स्कुल जान नपाएका २ करोड बालबालिकालाई अध्ययन व्यवस्था ।
५. प्रधानमन्त्री कार्यालयको हेलिकोप्टर बेचेर गर्भवती र सुत्केरीको पोषणमा खर्च ।

सामाजिक सञ्जालमा इमरानको प्रशंसा गर्दै नेपाली प्रयोगकर्ताले पनि भनेका छन्, ‘इमरान समाजवादी नेता होइनन्, तर नेपालका समाजवादी नेताहरुले इमरानबाट यति सिकिदिए पनि पुग्ने हो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com