अष्ट्रेलियाको सिड्नीमा एक किशोरी उबर भित्र बलात्कृत भएकी छिन् । सिड्नीको इस्टर्न सबर्बमा १७ वर्षिया कोशोरी बलात्कृत भएकी हुन् ।
शनिबार राती ती किशोरी दुई जना साथीहरुसंग घुम्न निस्किएकी थिइन् । घुमेर फर्किने क्रममा बोंडीमा दुई साथीहरु उबरबाट ओर्लिए । त्यसपछि ती किशोरी नर्थ बोंडीमा रहेको आफ्नो घरमा पुग्नको लागि उनी उबर भित्र एक्लै रहीन् । बिहानको १ : ३० बजे पछि उबर भित्र एक्लै रहेकी उनी निदाईन् ।
किशोरी निदाएको समयमा उबर ड्राइभरले उनलाई बलात्कार गरेको थियो । प्रहरीले सोमबार उबर ड्राइभरलाई पक्राऊ गरेको छ । यो घटना पछि पुलिस अधिकारिले उबरमा यात्रा गर्दा सतर्क रहन तथा अरु समयमा पनि एक-अर्काको सहयोगी बन्न सबैलाई अनुरोध गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।