अष्ट्रेलियाको न्यु साउथ व्ह्लेसमा सडक सम्बन्धि नयाँ नियम, नमान्नेलाई ४४८ डलर जरिवाना


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

अष्ट्रेलियाको न्यु साउथ व्हेल्स राज्यले सडक सम्बन्धि नयाँ नियमको घोषणा गरेको छ । उक्त नयाँ नियम यही सेप्टेम्बर १ देखि लागु हुने सुचनामा उल्लेख गरिएको छ ।

उक्त नियम अनुसार, गाडी चालकहरुले गाडी चलाउँदा प्रहरीको गाडी, एम्बुलेन्स,दमकल,सुरक्षा तथा उद्दार टोली आदिको गाडीलाई प्राथमिकता दिनुपर्नेछ । सुरक्षा तथा उद्दार सम्बन्धि काम गर्ने ती गाडी देख्नासाथ अरु गाडी चालकले अफो गाडीको गती ४० किलोमिटर प्रति घण्टामा झार्नु पर्नेछ । त्यस्तै, त्यस्ता ठाउँहरुमा बाटोमा हिंडीरहेको व्यक्तिलाई पहिले बाटो काट्न दिनुपर्नेछ ।

सुरक्षा तथा उद्दार भइरहेको ठाउँ, त्यस्ता गाडी हिंडिरहेको ठाउँ आदि संवेदनशील ठाउँबाट पर अर्थात कुनै पनि किसिमले असर नपर्ने ठाउँमा पुगेपछि मात्र गाडीको गती बढाउन सकिनेछ ।

यो नियम १२ महिनासम्म परिक्षणको रुपमा लागु गरिंदैछ । यो नियमलाई उल्लङ्घन गरेको खण्डमा ४ सय ४८ डलर जरिवाना लाग्ने समेत उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com