अब काठमाडौंदेखि थाइल्यान्डसम्म गाडीमै जान पाइने, यस्तो छ रुट


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

bangkok photos, September 2010

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरुबीच यातायात तथा पारवहन सम्झौता हुने भनिएको धेरै समय भयो । सबै सदस्य राष्ट्रहरु पारवहन सम्झौताका लागि तयार भएपनि अझै पारवहन प्रोटोकल टुंगिन बाँकी नै रहेको छ ।

युरोपियन युनियनकै शैलीमा प्रस्ताव गरिएको प्रोटोकलमा लामो समयदेखि छलफल भइरहेको छ । यो सम्झौता ठोस सहमति भएर कार्यान्यवनमा कहिलेबाट जान्छ भन्ने अन्योल पनि संगै आउने छ । यसपटकको बिमस्टेकमा पनि प्रोटोकलका विषयमा छलफल भने हुने भएको छ ।

बिमस्टेकको शिखर सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकलबारे छलफल गर्न संयुक्त कार्यटोलीको बैठक बस्दैछ । बैठकको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नेछन् । बिमस्टेक राष्ट्रका बीचमा हुने पारवाहन प्रोटोकलको ड्राफ्ट बनिसकेको छ ।

मंगलबार काठमाडौंमा बस्ने कार्यटोलीको बैठकमा नेपालले प्रोटोकलको मस्यौदामाथि आफ्नो टिप्पणी राख्नेछ । अन्य देशले पनि मस्यौदामाथि आफ्ना धारणा र मागहरु राख्नेछन् । बंगलादेश र श्रीलंकाले मस्यौदामाथि टिप्पणी राखिसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख केशवकुमार शर्माले बताए । नेपालले पनि औपचारिक धारणा राखिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भुटान लगायतका भुपरिबेष्टित मुलुकले यसमा विशेष सुविधाका लागि फरक किसिमका प्रस्तावहरु गरेका छन् । नेपालले बिमस्टेक सदस्य राष्ट्रको सडकमार्ग निःशुल्क प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ । यसमा अन्य सदस्य राष्ट्रहरुले भने सहमति दिएका छैनन् । यदि आशन्न बैठकमा मस्यौदामा सर्वपक्षीय सहमति जुटेमा त्यसलाई बिमस्टेकको शिखर नेतृत्वलाई जानकारी गराइनेछ । त्यसपश्चात

सबै देशले अनुमोदन गरेपछि संयुक्त पत्र आदान–प्रदान गरेर मात्रै प्रोटोकललाई कार्यान्यवनमा लैजान सकिन्छ । यो प्रोटोकल बिमस्टेक राष्ट्रहरुबीच सडक मार्गहरुलाई कनेक्सन गर्नमा केन्द्रित छ । यदि प्रोटोकल टुंगिएर समझदारी भएमा नेपालबाट भारत, बंगलादेश, म्यानमार हुँदै बैंककसम्म गाडी÷मोटरसाइकल बाटै यात्रा गर्न पाइनेछ । त्यसपछि नेपालीहरु यहीँबाट गाडी चलाएर सडकमार्ग मार्फत नै बैंककसम्म पुग्न सक्नेछन् । तर, देशअनुसारका कानुन र नियमहरुलाई पालना गर्नुपर्ने छ ।

प्रोटोकलको मस्यौदामा वार्षिक सवारी कोटा तोक्ने र त्यसअनुसार क्रसबोर्डर यातायात पहुँच दिने उल्लेख छ । नेपालसहितका भुटान लगायतका भुपरिबेष्टित मुलुकले यसमा विशेष सुविधाका लागि फरक किसिमका प्रस्तावहरु गरेका छन् ।

उक्त प्रोटोकलमा सहमति भएमा नेपालले भारतबाहेक बंगलादेश, थाइल्याण्ड लगायतका मुलुकका सामुन्द्रिक बन्दरगाहसम्म यातायातको पहुँच पाउनेछ । वाषिर्क रुपमा अधिकतम् सवारी कोटा प्राप्त गर्न पनि भूपरिबेष्टित मुलुकले प्रयत्न गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com