अष्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मोरिसन चुनिए


प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार

अष्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मोरिसन चुनिएका छन् । लिबरल पार्टीले प्रधानमन्त्री मालकोम टर्नबुललाई हटाएर स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीको रुपमा चुनेको हो ।

अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिद्वन्द्वी पिटर डटनलाई गोप्य मतदानमा ५ मतान्तरले पराजित गरेका हुन् ।

पार्टीका कोषाध्यक्ष मोरिसनले ४५ मत प्राप्त गर्दा पूर्व गृहमन्त्री डटनले ४० मत मात्रै प्राप्त गरे । अर्की प्रतिद्वन्द्वी जुली बिसप भने पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

अष्ट्रेलियामा सन् २००७ को निर्वाचन पछि ६ जना प्रधानमन्त्री परिवर्तन भइसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानबेरामा एक साताको अशान्ति पछि डटनले पार्टीले मालकोम टर्नबुललाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने विचार व्यक्त गरेका थिए । आउँदो वर्ष मे १८ मा हुने संघिय निर्वाचन जित्ने हो भने पार्टीले सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने डटनको भनाइ थियो ।

यस्तै ऊर्जा र वातावरण मन्त्री जोश फ्रिडेनबर्ग लिबरल पार्टीको उपनेता चुनिएका छन् । फ्रिडेनबर्गले लिबरल पार्टीको उपनेताको रुपमा जुली बिसपको स्थान लिनेछन् ।

बिसपले मालकोम टर्नबुल र टोनी एबटको नेतृत्व अन्तर्गत लिबरल पार्टीको उपनेताको रुपमा काम गरेकी थिइन् ।

सन् २०१५ मा प्रधानमन्त्री भएका टर्नबुललाई लिबरल पार्टीका बहुमत सांसदहरुले नयाँ प्रधानमन्त्री छान्नुपर्ने आवेदन दिएपछि टर्नबुल हटेका हुन् । उनले संसदबाट केही समयपछि राजीनामा गर्ने पुष्टी गरेका छन् । त्यसपछि उनको वेन्टवोर्थको सिटमा उपनिर्वाचन हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com