जापानमा एक नेपालीको मृत्यु


प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार

विगत १० बर्षदेखि जापानमा कुक पेशामा रहेका ४८ बर्षिय राजेन्द्र पौडेलको बुधबार बेलुकी निधन भएको छ ।

चितवनको भरतपूर घर भई हाल साइतमा केनको खावागोए स्थित खासुमिगासेकीमा बसोबास गर्दै आएका पौडेल बुधबार बेलुकी अचानक लडेपछि हस्पिटल लगिएको थियो । हस्पिटल लगेलगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेको परिवार श्रोतले बतायो ।

उनी श्रीमती, एक छोरा र एक छोरीसहित खावागोएमा बस्दै आएका थिए ।

मृत्युको एकिन कारण खुलिसकेको नभएपनि परिवारले हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com