आयरल्याण्डका चार्ली, जो नेपालको एउटा गाउँमा गाईपालन र खेती गरिरहेका छन्


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

नेपालीहरु अवसरको खोजीमा विदेश पलायन भइरहेका छन् । गाउँघरका खेतबारी बाँझो भएका छन् र तरकारी, फूल भारतबाट आयात गर्नु परेको छ । विषादी प्रयोगले स्वास्थ्यमा असर परिरहेको छ । यस्तो अवस्थामा एक विदेशी भने नेपालमा खेति गर्दै छन् र यहाँ प्रशस्त सम्भावना भएको बताउँछन् ।

आयरल्याण्डका चार्लीलाई काभ्रेको पनौती नजिकको गाउँमा गाउँलेहरु चार्ली बाबाको रुपमा चिन्छन् । चार्ली बाबा नेपाल आएर यहाँको गाउँको हावापानी , मानिसहरु उनलाई मन पर्यो । त्यसपछि उनले काभ्रेको एक गाउँमा जग्गा लिए, खेती सुरु गरे र गाई पालन सुरु गरे । उनी हिन्दु धर्मलाई मान्छन् र हरेक सोमबार मौन व्रत बस्छन् । उनले नेपाली भाषासंगै तामाङ्ग भाषा समेत सिकिसकेका छन् ।

चार्ली नेपाली युवाहरु कामकै खोजीमा विदेश जानुपर्छ भन्ने मान्दैनन् । गाउँलेहरु उनले काम गरेको देखेर नै अचम्भित हुन्छन् । उनको मेहनतको अगाडी गाउँलेहरु आफूलाई अल्छी ठान्छन् । चार्ली बाबा विदेशलाई केमिकलले खाइरहेको तर नेपालमा अझै पनि त्यो केमिकलबाट जोगिने प्रशस्त सम्भावना रहेको बताउंदै आर्गानिक खेती गर्न जोड दिन्छन् । उनले हरेक महिना कृषि प्राविधिक बोलाएर गाउँलेलाई कृषि तालिम समेत दिने गर्छन् र आफूले पनि उक्त तालिम लिन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com