अस्ट्रेलीया आएर काम पाईएन दुख पाईयो भनेर गनगन गर्नेहरुलाई एक भाईले दिए गतिलो जबाफ


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

अस्ट्रेलीया दुख गर्नेहरुको लागि मात्र हो हातमा दही जमाएर बस्नेहरुका लागि होईन। म ति भाई बहिनीहरुलाई भन्दैछु जसले काम पाईएन भनेर फेसबुकमा किचकिच गर्छन् , यस्तो भयो उस्तो भयो भनेर सधै गुनासो गर्छन्। दुनियाँलाई देखाउन फेशबुकमा पोस्ट गर्नुको कुनै औचित्य छैन। फेशबुकमा पोस्ट गर्दैमा काम तिमी छेउ आउँदैन। काम त तिमीले खोज्न पर्छ।

यस्ता मान्छे जो काम खोज्न कतै जाँदैनन, दिनभरी कोठामा बसेर नेट चलाउँछन्। एक दुई ठाउँ एप्लाई गर्यो रेस्पोन्स आएन रे। अस्ट्रेलीयाले यस्तो गर्यो उस्तो गर्यो भनेर देशलाई दोष दिने भा के खोज्न अस्ट्रेलीया आयौ। यहि ठाउँमा कति नेपालीले कति पैसा कमाई सके के थाहा छ। काम गर्नलाई दुख गर्न पर्छ। कति नेपाली मनग्य पैसा कमाएर सानका साथ बसेका छन्। के तिनीहरुले त्यो पैसा लोट्रीमा जितेका हुन् र। पैसा कमाउन दुख गर्न पर्छ, पसिना बगाउन पर्छ, भोक बिर्सनु पर्छ।

ओठ निचर्यो भने दुध निस्कन्छ होला। बार्ह सकिन पाएको छैन, बा र आमालाई ठगेर खान पाएकोहरुले कहाँ दुख गर्न जानेको हुन्छ र। बाउको लात अनि आमाको थप्पड खान नपुगेकोहरु अस्ट्रेलीया आएको छ अनि यस्तो र उस्तो रे। देशले के तिमीहरुलाई खान दिन पर्ने, मोजमस्ती गर्न पैसा दिन पर्ने। यस्ता अल्छी र स्वाँठलाई वाईट हाउसमा पठायो भने पनि वाईट हाउस यस्तो र उस्तो भन्छन्। वाईट हाउसले काम दिएन भनेर फेशबुकमा गुनासो गर्छन्।

नेपालमा सिन्का नभाँचेका भाई बहिनीहरु यहाँ आएपछि त्यस्तै हो। यस्ताहरुलाई अस्ट्रेलीया मात्र होईन सँसारको जुनसुकै ठाउँमा गए पनि उस्तै हो। काम भन्ने बित्तीकै पाईदैन त्यहि भएर केही हप्ता महिनालाई बस्न खान भनेर ट्राभलचेक अनि क्यास लैजाने हो। काम खोज्ने कलेजको पढाईलाई निरन्तर दिने धेरै तमासा देखाएर केही हुन्न। फेशबुकमा काम पाईएन भनेर पोस्ट गर्नु भन्दा  दिनको बिसवटा रेस्टुरेन्टमा जाने अनि भाँढा माज्छु भन्ने। हजारौको सङ्ख्यामा रेस्टुरेन्ट छन् सिड्नीमा। दिनको बिसवटा रेस्टरेन्टको दरले महिनामा छ सयवटा रेस्टुरेन्ट पुगे पछि बल्ल काम पाईन्छ। बाउ आमालाई ठगेकोहरु सङ्घर्ष भनेको केही नबुझेकोहरुलाई के थाहा आखिरी पैसा कमाउन कति सङ्घर्ष गर्नु पर्छ भनेर। बाउ आमालाई ठगेर खान पल्केकोहरु आफैले सङ्घर्ष गर्नु पर्दा गु निस्कन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिमोटीभ गर्न खोजेको होईन प्रोत्साहन दिन खोजेको हो। दश बिस लाख ऋण केही पनि होईन सङ्घर्षसँग नआत्तिनेहरुको लागि। धेरै छन् दुख गरेर सफलता हाँसील गर्नेहरु यो देशमा। धर्तीको बोझ हुने होईन। अस्ट्रेलीया आएर केही गर्न नसकेको हरु दुबई कतार पुगेको भए के हुन्थ्यो तिमीहरुको हालत। बरु दुबई कतार गएका नेपालीहरु यहाँ आएका भए कती पैसा कमाउँ थिए होला। बाउ आमालाई घुर्की लाए जस्तो छैन एक्लैले जिवन चलाउन। यस्ता अल्छीहरुले गर्दा बोरु अस्ट्रेलीया चाही बिग्रेने डर भयो। जयनेपाल

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com