चोरले उडाए ५६ सिटे विमान,भिडियो गेम खेलेर उडान जानेको प्रतिक्रिया


प्रकाशित मिति : श्रावण २७, २०७५ आईतबार

अमेरिकाको सियाटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति एक २९ वर्षीय युवकले अनुमति बिना विमान उडाए । रसेल होराइनज एयरका कामदार थिए ।

शुरुमा आतंकवादी घटना हुनसक्ने भय व्याप्त भए पनि स्थानीय प्रहरीले विमानमा कोही यात्रु नभएको र आतंकवादी घटना नभएको बताइयो । त्यसपछि दुई वटा एफ १६ फाइटर जेटले पछ्यायो ।

यता एयर ट्राफिक कन्ट्रोलरले पाइलटसँग कुरा गर्दै ७६ सिटे विमानलाई सुरक्षित अवतरण गर्ने प्रयत्न गर्‍यो ।

केट्रन आइल्यान्डमा सो विमान दुर्घटना भएपछि बल्ल सो विमानस्थलमा उडान र अवतरण खुला गरिएको थियो । दुर्घटनामा परी रसेलको मृत्यु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रसेलले शुक्रवार साँझ ७स्३० बजेतिर विमान उडाएका थिए । उनले विमान उडाएपछि एअर ट्राफिक कन्ट्रोलरसँग कहिले राम्रैसँग कुरा गरेका थिए भने कहिले हतासका साथ । ३० माइल जति उडेपछि विमान दुर्घटना भयो र विमानस्थलका कर्मचारीले रसेलको मृत्यु भएको पुष्टि गर्‍यो ।

उनले कसरी विमान उडाए रु यो प्रश्न गम्भीर रुपमै उठ्यो । त्यहाँको नर्थवेस्ट रिजनल अफिसका नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले भने उनीजस्ता कर्मचारीले विमान ‘स्टार्ट’ गर्न सक्ने जनाएको छ ।

रसेलसँग पाइलटको लाइसेन्ससमेत नभएको खुलेको छ । उनी कार्यरत होराइजन एअरका प्रमुख गेरी बेकले उक्त कुराको पुष्टि गरेका हुन् । उनले कसरी विमान उडाए भन्नेमा आफू अचम्ममा परेको उनले बताएका छन् ।

होराइजनमा रसेल साढे तीन वर्षदेखि कार्यरत थिए । उक्त दिन रसेलको जिम्मा लगेज र कार्गो मिलाउनुका साथै सफा गर्ने थियो । उक्त विमान उडानको कुनै रुटिन थिएन त्यो दिन । विमान उडाएपछि एअर ट्राफिक कन्ट्रोलरले सोध्दा आफूले भिडियो गेम खेलेकोले विमान उडाउन सक्ने बताएका थिए रसेलले । उनको परिवारले रसेल राम्रै मान्छे भएको भन्दै उक्त घटनाबाट आफूहरु मर्माहत भएको जनाएको सिएनएनमा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com