अष्ट्रेलियाको जनसंख्या २५ मिलियन, दक्ष कामदारलाई अब ग्रामिण क्षेत्रमा लैजाने योजना


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

अष्ट्रेलियाको जनसंख्या मंगलबार राती २५ मिलियन पुगेको छ । जनसंख्याको उक्त तथ्याङ्क अनुसार धेरै जनसंख्या मेलबर्न, सिड्नी, क्यानबेरा लगायतका सहरहरुमा रहेको छ । अन्य देशबाट बसाई सराई गरि आउने व्यक्तिहरु सहरी क्षेत्रमा बसेका कारण यो असन्तुलन आएको हो ।

गृह मन्त्रालयका अनुसार, गत वर्ष १ लाख १२ हजार दक्ष व्यक्ति अष्ट्रेलिया आएका थिए । जस मध्ये ८७ प्रतिशत व्यक्तिहरु मेलबर्न र सिड्नीमा बसोवास गर्न थाले । यसले गर्दा सहरी क्षेत्रमा बेरोजगारी बढ्ने देखिएको छ भने ग्रामिण तथा मूख्य सहर भन्दा परका ठाउँहरुमा कामदारको अभाव देखिएको छ ।

यो असन्तुलनलाई मिलाउनको लागि गृह मन्त्रालयले स्थानीय सरकारलाई बिजनेस स्पोन्सरशिप अधिकार दिने भएको छ। स्थानीय काउन्सिलले विभिन्न पेशाका विदेशीहरुलाई स्पोन्सर गर्न सक्नेछन् । नर्थन टेरीटोरीमा यो कार्यक्रम लागु भइसकेको छ र अरु क्षेत्रमा पनि लागु गर्नको लागि तयारि भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com