उसो भए अमेरिकामा एसाइलमका लागि चाहिने डर कस्तो ?


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

९ बर्ष अगाडि ग्वाटेमालाकी एकजना आइरिन महिलाका पतिलाई एउटा समुहले उनकै अगाडि हत्या गरिदियो । सांगितिक उपकरणको ब्यापार गर्दा चन्दा नदिएको आरोपमा उनका पतिको हत्या गरिएको थियो ।

ट्रम्प प्रशासनबाट एसाइलमबारे नयाँ निर्देशिका जारी, शरण खोज्ने अझ धेरैलाई फिर्ता पठाइने

त्यतीबेला हत्याराहरु जेल गए । अहिले उनीहरु जेलबाट निस्केर आइरिनको हत्या गर्ने धम्की दिन थाले । त्यसपछि ती महिला ग्वाटेमालाबाट भागेर अमेरिकी सिमानामा आइन् । र, शरण मागिन् ।

१७ बर्षकी छोरीसहित उनी गत जुन १३ मा अमेरिकी सिमानामा आएर शरण मागेकी थिइन् । ४७ बर्षकी ति महिलालाई हिराशतमा लिइयो भने १७ बर्षकी छोरीलाई शेल्टरमा पठाइयो ।

अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल

एसाइलम अफिसरले उनलाई आफ्नो देशमा फर्कन खतरा रहेको नरहेकोबारे क्रेडिबल फियर अन्तरवार्ता लिए । अन्तरवार्तामा ति महिलाले स्वदेश फर्कन खतरा रहेको प्रमाणित गर्न नसकेको भन्दै एसाइलम अस्वीकृत गरियो ।

श्रीमान् मारिएकी महिलालाई हत्याराहरु जेलबाट छुटेर मार्ने धम्की दिदैछन् भने त्यो भन्दा ठूलो डर के हुन्छ ? के हो डरको परिभाषा ?

सन्दर्भ आइरिनको मात्र नभएर सिमाक्षेत्रमा आएर शरण खोज्ने अन्य कैयनको रहेको न्युयोर्क टाइम्सले रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्ट अनुशार अहिले धेरै भन्दा धेरैको क्रेडिबल फियर अन्तरवार्ताबाट एसाइलम दाबी अस्वीकृत गर्न थालिएको छ । अमेरिकामा शरण स्वीकृतको संख्या घटाउने ट्रम्प प्रशानको योजना अनुरुप यस्तो गरिएको जनाइएको छ ।

अमेरिकी अदालतमा ३८४२ नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com