अमेरिकी अदालतमा ३८४२ नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

अमेरिकी अध्यागमन अदालतमा नेपालीका शरण सम्बन्धि मुद्दाको ब्याकलग अहिलेसम्मकै उच्च भएको छ । अहिले अमेरिकी अध्यागमन अदालतमा नेपालीका ३८४२ वटा एसाइलमका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ ।

नेपालमा बस्न असुरक्षित रहेको भन्दै अमेरिकामा विभिन्न तरिकाबाट आएर शरणका लागि आवेदन दिनेहरुको संख्यामा भएको बृद्धिका कारण पेन्डिङ एसाइलमको संख्या पनि बढेको हो । नेपालीका सबैभन्दा बढी पेन्डिङ एसाइलम न्युयोर्कको अध्यागमन अदालतमा २१८४ वटा रहेका छन् । जसमध्ये न्युयोर्क सिटीमा २१८१ र ३ वटा बफेलोमा रहेका छन् ।

न्युयोर्कपछि क्यालिफोर्नियामा नेपालीका ८१७ पेन्डिङ एसाइलम रहेका छन् । त्यस्तै टेक्सासमा २८४, मासाचुसेट्समा ९३, मेरिल्याण्डमा ८३, भर्जिनियामा ८१, जर्जियामा ६९, कोलोराडोमा ५५, न्यु जर्सीमा ३९, वासिंटनमा ३८, पेन्सिलभेनियामा २२, इलिनोयमा २२, मिनेसोटामा ११, नेब्रास्कामा ७ र केन्टकीमा ७ पेन्डिङ एसाइलम रहेका छन् । त्यस्तै न्यु मेक्सिकोमा ६, ओरेगनमा ४, युटाहमा ४, ओहियोमा ३, मिसिगनमा २, नेभाडामा २, टेनेसीमा २, कनेक्टिकटमा २, लुजियानामा २, मिजौरीमा १, नर्थ क्यारोलिनामा १ र एरिजोनामा १ पेन्डिङ एसाइलम रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

विगतका बर्षहरुको अवस्था हेर्दा आर्थिक बर्ष २०१७ को अन्त्यसम्म अध्यागमन अदालतमा ३६३२ नेपालीका पेन्डिङ एसाइलम रहेका थिए । त्यस्तै २०१६ को अन्त्यसम्ममा ३३४४, २०१५ मा २८६७, २०१४ मा २३०२, २०१३ मा २०५८ र २०१२ मा १९३६ नेपालीका पेन्डिङ एसाइलम रहेका थिए ।

यो अदालतमा पेन्डिङ एसाइलम मुद्दाको मात्र संख्या हो । युएससीआईएसमा पेन्डिङ एसाइलमको संख्या यसमा समावेश छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com