नेपाली कामदारलार्इ आफन्तले कोरियामै भेट गर्न पाउने


प्रकाशित मिति : श्रावण २२, २०७५ मंगलबार

इपिएस प्रणालीमार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भएको भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई त्यहीँ गएर भेट गर्न पाउने व्यवस्था मिलाइसकिएको बताए । उनले केही कामदारका आफन्तले भेटघाट गरेर नेपाल आइसकेको बताए ।

कोरियाले केही समयभित्रै यसको औपचारिक घोषणा गर्नेछ । त्यस अवसरमा मन्त्री विष्टले नेपाली युवाका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेको उल्लेख गर्दै इपिएस प्रणालीमार्फत कोरिया लैजाने कामदारको संख्या (कोटा) थपका लागि कोरिया सरकारसँग पहल गर्न आग्रह गरे ।

नेपाली कामदारलाई त्यहाँको आवश्यकताअनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयका बीच समन्वय गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै उनले संघीय सरकारको मातहत रहने गरी स्थापना हुन लागेका तीनवटा प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री विष्टले नेपालमा रहने कोरियन नागरिकलाई नेपाल बसाइका क्रममा कुनै पनि असुविधा हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए ।

भेटका क्रममा राजदूत पार्कले नेपाली कामदार इमान्दार र मिहेनती भएकाले कामदारको संख्या थप गर्नाका साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्दै उनले श्रम सम्बन्ध, वैदेशिक रोजगारी र आन्तरिक रोजगारीका क्षेत्रमा मन्त्रालयले चालेका कदमको प्रशंसा गरे ।

नेपाल सरकारले दक्षिण कोरियामा रहेका नेपाली कामदारमा देखा परेका निराशा र आत्महत्याको समस्या न्यूनीकरण गर्न कामदारको आफन्तलाई भेटघाटको अवसर प्रदान गर्न आग्रह गर्दै आएको थियो । इपिएसमार्फत कोरिया गएका नेपाली कामदार चार वर्ष १० महिना नपुगी स्वदेश फर्कन पाउँदैनन् ।

इपिएसमार्फत कोरिया जाने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । खाडी मुलुकमा जस्तो कामदारले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । अहिले नेपाली कामदारले कोरियामा मासिक एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् ।

सन् २००८ देखि गत जेठ मसान्तसम्म इपिएसमार्फत ५४ हजार ३६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन् । जसमा महिला तीन हजार ३३८ र पुरुष ५१ हजार ०२५ रहेका छन् । सन् २०१८ को भाषा परीक्षाबाट सात हजार ९९८ कामदार कोरिया जाँदै छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com