युएईमा शौचालयमा सलको पासो लगाएर झुण्डिए आत्महत्या गरिन रिता खनालले


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

युएईमा हत्या भएको भनिएकी नेपाली महिलाको आत्महत्या गरेको पुष्टी भएको छ । युएईको दुबईमा कार्यरत अर्घाखाँचीको सितगंगा–४ अमराई उपल्लो बजारकी ३९ वर्षीया रिता खनाल गए शनिबार आफूले काम गर्ने दुबईको कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

कार्यालयको शौचालयमा सलको पासो लगाएर झुण्डिएको र खुट्टाले भुर्इं टेकेको अवस्थामा भेटिएकाले खनालको हत्या भएको आशंका गरिएको थियो । घटनाबारे अनुसन्धान गर्न स्थानीय प्रशासनले सोही कम्पनीमा कार्यरत एक जना बङ्लादेशी नागरिकलाई पक्राउ गरी अनुसन्धान गरि छोडेको थियो ।

घटनाको अनुसन्धान र शवको परिक्षणपछि खनालको हत्या नभई आत्महत्या भएको पुष्टी भएको कम्पनीले जनाएको छ । खनाल दुईबर्ष पहिले तान्जिफको क्लिनिङ सप्लायर्स कम्पनीमा काम गर्न युएई पुगेकी थिइन् ।

३९ वर्षीया खनालका श्रीमानसहित १ छोरा र १ छोरी छन् । खनाल कम्पनीको भिसा रद्द गरेर दशैंमा नेपाल फर्किने तयारी रहेको परिवारले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खनालको हत्या भएको भनिएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा अर्घाखाँचीका सभासद् टोपबहादुर रायमाझीले पनि दूतावाससँग सोधपुछ गरेका थिए ।

लिखित कागजपत्र आइनसकेको तर मौखिक रुपमा हत्या नभई आत्महत्या भएको बारे जानकारी दूतावासमा आएको कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

अहिले दुबईस्थित अस्पतालमा रहेको मृतकको शव अस्पताल रिपोर्ट र पुलिस रिपोर्ट आएपछि नेपाल पठाउने उनले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com