यो हो संसारकै सबैभन्दा विलासी विमान


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

उड्ने डुँगामा बसेर बादलमाथि बिदा मनाउने कल्पना गरौं त यसको सम्भावना टाढाको फल आँखा तरी मर, हो कि झैं लाग्छ । तर, यो सम्भवतः भविष्यमा बिदा मनाउने नयाँ तरिकाको रूपमा हुन सक्छ ।

एयरलाइन्डर १० को भित्री भागको साजसज्जा देखिने गरी बनाइएको प्रस्तुति हालै सार्वजनिक गरिएको थियो । र, यसमा त्यस्तो केही पनि छैन जस्तो सामान्यतया हामी विमानमा देख्ने गर्छौं ।

यो हाइब्रिड एयरसिप बरु एउटा वैभवशाली विलासी होटल जस्तो देखिन्छ । यसको प्रस्तुतीकरण गर्दा सिसाको धरातल भएको फर्श, फराकिला झ्याल, शोफा, बार तथा विशाल शयनकक्ष देखाइएको छ । र, यो सबै एयरलाइन्डरको विलासपूर्ण पर्यटन सेवा प्रदान गर्ने मिसनको हिस्सा हो ।

एयरलाइन्डर–१० लाई ‘आकाशमा क्रुज’का रूपमा मार्केटिङ गरिँदै छ, जहाँ तीन दिवसीय यात्रा–अभियानमा १९ जना यात्रीले ग्र्यान्ड क्यान्योन अथवा अमेजन रेनफरेस्ट जस्ता आकर्षक दृश्यावलोकन गर्दै यात्राको अनुभव गर्न सक्नेछन् । तपाईं कहाँ जाँदै हुनुहुन्छ त्यसका आधारमा विमानको इन्टिरियर मोड्युलर लेआउट परिवर्तन गरी यात्राका क्रममा आउने प्राकृतिक छटा हेरी तदनुकूल बनाउन सकिन्छ ।

सन् २०१६ मा यसको पहिलो परीक्षण उडान भएपछि, एयरलाइन्डर–१० मा धेरै कुरा थपघट भएका छन् । यो हाइब्रिड विमान विश्वकै ठूलो हो, तर यसकै कारण यसको चर्चा सबैले गरेका चाहिँ होइनन् ।

विमानको पछिल्लो भाग निकै सुडोल छ, तथा कुनै बालाको नग्न नितम्बजस्तै देखिन्छ । कसैले अमेरिकी रियालिटी स्टार किम कादार्शियाँको नितम्बसँग अलौकिक तुलना गर्न भ्याएका छन् । यसलाई सुरुदेखि नै ‘उडान बम’ भनिएको छ ।

तर, अहिल्यै आफ्नो झोला नमिलाउनुहोस् । हामी अहिल्यै टिकटका लागि प्रतीक्षा सूचीमा बस्नु अलि छिटो हुन सक्छ, किनकि, एयरलाइन्डरले सर्वप्रथम आकाशमा दुर्घटनारहित दुई सय घण्टाको उडान पूरा गर्नु पर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com