अर्घाखाँचीकी एक महिला दुबईमा मृत अवस्थामा फेला परिन्


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

अर्घाखाँचीको सितगंगा नगरपालिका ४ अमराई उपल्लो बजार निवासी  टुकलाल खनालको श्रीमती ३९ वर्षिय रिता खनाल आफूले काम गर्दै आएको दुबईको एक कम्पनीको बाथरूममा मृत अबस्थामा फेला परेकी छन्।

दुबईस्थित टेनजिस्को सप्लायर्स कम्पनीमा २ वर्ष देखि काम गर्दै आएकी उनी कम्पनीको बाथरूम भित्र सलले घाँटी कसेर ढोकाको चुक्कुलमा सलको टुप्पो बाधिएको र सव घुँडाले टेकेर भुईमा बसेको अवस्थामा मृत भेटिएको अर्घाखाँची दुबई सम्पर्क मन्चका राजु खड्काले जानकारी दिए।

उनका अनुसार सवलाई पोष्टमाट्मका लागि शारदा सरकारी अस्पतालमा राखिएको छ। घटनाबारे  एमबिसीलाई जानकारी भइसकेको र एमबिसीले थप अनुसन्धान सुरू गरेको उनले बताए।

पोष्टमाट्म र घटनाको पूर्ण रिपोर्ट आएपछि सवलाई एमबिसीले नेपाल पठाउने उनले बताए। यसको लागि एक दुई दिन समय लाग्ने खड्काले जानकारी दिए।

यसैबीच उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ। शनिबार कम्पनीको बाथरूम भित्र मृत अवस्थामा फेला पारे पनि साँझ मात्र कार्यालयका कर्मचारीले आफन्तलाई जानकारी गराएका थिए।

‘अफिसमा ४ जना महिला कामदार रहेको, शनिबार दुबईमा बिहान ७ बजे सँगै चिया खाएर आफ्ना आफ्ना काममा लाग्यौं र बिहान ११ बजे खाना खाने बेलामा रिता नआउँदा खोज्ने क्रममा बाथरूममा चुन्नीले घाटी कसिएको र चुन्नी ढोकाको चुक्कलमा बाधिएको, सव भुईमा घोडाले टेकेको अवस्थामा  मृत भेटीयो,’ उनीसँगै काम गर्ने चितवनकी सिता रेग्मीले बताइन्।

रेग्मीका अनुसार अनुसन्धानका लागि पक्राउ परेका एक युवकलाई दुबई प्रहरीले छाडिदिएको छ।

अन्दाजी ३९ बर्षिय रिता खनाल २ वर्षदेखि रोजगारको निम्ति दुबई पुगेकी हुन्। १ छोरा र १ छोरीकी आमा उनी नोकरी छोडेर अब नजाने हिसाबले दशैं मनाउन नेपाल आउने तयारीमा थिइन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com