अमेरिकामा यी नेपाली चेली रचनालार्इ किन हानियो आठ गोली ?


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

गत सोमवार अमेरिकामा अज्ञात लुटेराद्धारा अन्धाधुन्दा गोली हानेर गम्भीर घाईते भएकी नेपाली चेलीलाई बचाउन सामाजिक सञ्जाल मार्फत थुप्रै नेपालीहरुले अभियान छेडेका छन । अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली चलाउँदा नेपाली चेली रचना श्रेष्ठको शरिरमा आठवटा गोली लागेको थियो ।

गत सोमबार स्थानीय समयानुसार मध्यान्न सवा १२ बजे रचनालाई बड्डीज ह्यान्डी मार्ट नामक स्टोरमा एक लुटेराले गोली हानेका हुन् । उनको गाला, पिठ्युँ, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा आठवटा गोली लागेको र उनको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनका श्रीमान् कपिल श्रेष्ठले जानकारी दिएका छन् । आठवटा गोलीमध्ये पाँचवटा गोली निकालिएको कपिलले जानकारी दिएका छन् ।

रचनाको टल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको उनका श्रीमान् कपिलले जानकारी दिएका छन् । उनको उपचारका लागि कपिलले सहयोगको अपिलसमेत गरेका छन् । अहिलेसम्म उनलाई हजार बढिले सहयोग गरिसकेका छन् । रचनालाई सहयोग गर्न चाहनेले उनको स्टाटसको स्क्रीन सटै तस्वीर हेर्नु होला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com