अष्ट्रेलियामा कामको लागि रिजुम बनाउँदा ध्यान दिनुपर्ने मुख्य कुरा


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

अष्ट्रेलियामा विद्यार्थीहरुको संख्या बढे संगै जागिरको अवसरको लागि प्रतिस्पर्धा पनि बढेको छ । जागिरको लागि विद्यार्थीहरुले निवेदन दिंदा पहिलो प्रतिस्पर्धा उनीहरुको रिजुमबाट हुन्छ । आकर्षक रिजुमले नै कम्पनीमा कामदारको पहिलो प्रभाव राख्छ ।

आकर्षक रिजुम बनाउनको लागि यी कुराहरुलाई ध्यान दिनुपर्छ :

  • पोइन्ट छुट्टाएर बुलेट फर्ममा लेख्नुपर्छ जसले गर्दा प्रत्येक कुरा स्पष्ट रुपले देखिन्छ र रिजुम हेर्दा आकर्षक हुन्छ ।
  • एउटा पेजमा मात्र सिमित बनाउनु पर्छ ।
  • व्याकरणमा गल्ति गर्नु हुँदैन । यसको लागि आफू भन्दा राम्रो अंग्रेजी जान्ने साथीको मद्दत लिन सकिन्छ ।
  • छुट्टाछुट्टै ठाउँमा रिजुम दिंदा ती कम्पनि र त्यहाँको काम अनुसार छुट्टाछुट्टै रिजुम बनाउनुपर्छ ।
  • रिजुममा आफ्नो प्रभाव छोड्ने होडमा सबै कुराहरु विस्तृत रुपमालेख्नु हुँदैन ।
  • धेरै व्यक्तिगत कुराहरु जस्तै, आफ्नो पासपोर्ट सम्बन्धि, लिङ्ग, रुचि, घर नम्बर, वैवाहिक स्थिति, धर्म आदि कुराहरु      उल्लेख गर्नु हुँदैन ।
  • आफूले निवेदन दिने कामसंग सम्बन्धित नै नभएको कामको तालिम वा अनुभव उल्लेख गर्नु हुँदैन ।
  • एउटा कुरालाई दोहोराउनु हुँदैन ।
  • निवेदन माग्दा फोटो मागेको छ भने मात्र रिजुममा आफ्नो फोटो राख्नुपर्छ, अन्यथा राख्नु हुँदैन ।
  • रिजुम छोटो, छरितो, आकर्षक र सफा हुनुपर्छ ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com