‘विश्व वातावरण दिवस’ महाअभियानका रुपमा मनाइने


प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार

सरकारले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ ।

विशेषगरी काठमाडाँै उपत्यकालगायत शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन एवं सरसफाइ तथा वृक्षरोपणजस्ता क्षेत्रमा वन तथा वातावण मन्त्रालयले उच्च प्राथमिकता दिई वातावरण दिवसलाई महाअभियानका रुपमा मनाउन लागेको हो । यसका लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेटमा समेत सम्बोधन गरेको छ । विश्व वातावरण दिवस जेठ २२ गते(जुन ५ तारिख) पर्दछ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ‘पोलिसी रिसर्च एण्ड एड्भोकेसी हव’ नामक संस्थाद्वारा वातावरण संरक्षणसम्बन्धी आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण दिवस वर्षमा एकदिनमात्र मनाएर पुग्दैन, वातावरण संरक्षणलाई नीति निर्माणमा राखी वर्षदिनभरि नै मनाउनुपर्छ भन्नुभयो

मन्त्री बस्नेतले वातावरण संरक्षणका लागि स्थानीय र प्रदेशलाई समेत संघमार्फत थप सहयोग गर्ने नीति रहेको चर्चा गर्दै वातावरण संरक्षणमा सरकारी, निजी, नागरिक अगुवाको सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । “वातावरण संरक्षण विदेशी नक्कलभन्दा आफ्नै भौगोलिक यथार्थता, व्यावहारिक पक्षलाई ध्यान दिई कार्यक्रम बनाउनुपर्छ, प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई कारवाहीको दायरामा ल्याउन लागिएको छ”, उहाँले भन्नुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधारको विकास गर्दा वन र वातावरण संरक्षण गर्न पनि ध्यान दिन आग्रह गर्दै आएको चर्चा गर्दै मन्त्री बस्नेतले यसका लागि अन्तरमन्त्रालयबीचमा छलफल भइरहेको छ भन्नुभयो । संरक्षणविद् डा धर्मराज उप्रेतीले वन व्यवस्थापनमा नयाँ नीति अवलम्बन गर्न सुझाव दिँदै प्रदूषणले देशका प्रमुख शहरको दैनिकीलाई कष्टकर बनाउँदै लगेको बताउनुभयो ।

वातावरणविद् डा रविन मल्ल र डा राजन थापाले वन संरक्षण नीतिलाई परिवर्तन गर्न सुझाव दिनुभयो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष राज शाहीले भौतिक पूर्वाधार विकासका साथमा वन तथा वातावरण संरक्षणमा जोड दिनुपर्छ भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com