सिण्डिकेट खारेज गर्ने कामबाट सरकार पछि हट्दैन : गृहमन्त्री थापा


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरुको सिण्डिकेटलाई खारेज गर्ने कामबाट सरकार पछि नहट्ने बताउनु भएको छ । गृहमन्त्रालयको आयोजनामा मंगलबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै यातायात व्यवसायीको जस्तोसुकै आन्दोलन गरेपनि सिण्डिकेटलाइ खोरेज हुने बताउनुभयो ।

सुशाशन लागुगर्ने काम प्रहरी संगठनसहित सबैक्षेत्रमा लागु भइरहेको बताउँदै थापाले भन्नुभयो ‘प्रहरी भित्र, कर्मचारी क्षेत्र र अन्य क्षेत्रमा हुने भ्रष्टाचार, तस्करी, अनियमिततालाई अन्त्य गरेरै छाड्ने तयारीमा सरकार छ ।’ अहिले विभिन्न क्षेत्रमा सुरक्षा चुनौती पनि उत्तिकै रहेको र यसलाई नियन्त्रण गरेर छोड्ने प्रतिबद्धता उहाँले गर्नुभयो ।

अपराधलाई नियन्त्रण गर्नका लागि कुनै पनि कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । लागूऔषध ओसार पसार र यसको प्रयोग बढेकाले नियन्त्रण गर्नका लागि आफूहरु लागिपरेको पनि उहाँले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com