कक्षा १२ मा अध्ययनरत किशोरीले जिउमा मट्टीतेल खन्याएर गरिन आत्माहत्या


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

विद्यालय सञ्चालका छोराले जिस्काउने र बलात्कार प्रयास गरेपछि एक किशोरीले आत्मदाह गरेकी छिन् । कक्षा १२ मा अध्ययनरत ति किशोरिले शरिरमा मट्टीतेल खन्याएर आगो लगाएकी थिइन् ।

यस घटनापछि मृतक किशोरीकि आमाले प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी छिन् र प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । समाचार अनुसार गौरीबजार क्षेत्रको देवी उच्चतर माध्यामिक विद्यालयमा अध्ययनरत छात्रामाथि स्कूलका प्रवन्धक पप्पू यादबका १९ वर्षीय छोरा प्रदीप यादवले किशोरी एकान्तमा रहेको अवस्थामा छेडखानी गरेको र बलात्कार प्रयास गरेका थिए ।

भारत यूपीको देवरियाको गौरीबजार क्षेत्रमा

यो घटना गाउँकै एक छात्रले देखेका थिए र मृतकका भाइलाई खबर गरेका थिए । त्यसपछि दिदीलाई बलात्कार गरेको भन्दै उनका भाइले प्रदीपलाई कुटपिट गरेका थिए ।

त्यसको केही समयपछि नै विद्यालयका सञ्चालक पप्पू केही मानिस लिएर किशोरीको घरमा गएर उनको भाइलाई कुटपिट गरेका थिए भने चुपलागेर बस्न धम्की दिएका थिए । जसलाई सहन नसकि किशोरीले मट्टीतेल खन्याएर शरीरमा आगो लगाएको हुनुक्ने प्रहरी अनुमान छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com