समयसीमा सकिनुअघि ‘टिकटक सम्झौता’ हुनेमा अमेरिकी राष्ट्रपति ट्रम्प विश्वस्त


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अप्रिल ५ को समयसीमाअघि नै टिकटकको चिनियाँ मालिक बाइटडान्सले लोकप्रिय छोटो भिडियो एप बेच्ने वा संयुक्त राज्य अमेरिकामा यसमाथि प्रतिबन्ध लगाइनेबारे सम्झौता गर्न विश्वस्त भएको बताएका छन् ।

“हामीसँग धेरै सम्भावित खरिदकर्ताहरू छन् । टिकटकमा ठूलो चासो छ”, ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूलाई भने, “हामीसँग टिकटक किन्न चाहने धेरै मानिस छन् । हामी चीनसँग पनि यसबारे कुराकानी गरिरहेका छौँ किनभने उनीहरूको यससँग केही सम्बन्ध हुनसक्छ । म टिकटक जीवित रहेको हेर्न चाहन्छु ।”

सत्र करोड प्रयोगकर्ता रहेको यो प्लेटफर्म अधिग्रहण गर्न इच्छुक चार समूहसँग यस महिना अमेरिकाले वार्ता गरिरहेको ट्रम्पले बताए ।

बेइजिङले अमेरिकीहरूको जासुसी गर्न वा अमेरिकी जनमतलाई गोप्य रूपमा प्रभाव पार्न एपको दुरुपयोग गर्न सक्छ भन्ने चिन्तालाई लिएर लागु गरिएको अमेरिकी कानूनले टिकटकलाई बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्यमा प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो कानून ट्रम्पको शपथग्रहण हुनुभन्दा एक दिनअघि जनवरी १९ मा लागु भयो । तर ट्रम्पले तुरुन्तै ढिलाइको घोषणा गरेपछि यसलाई सञ्चालन जारी राख्न अनुमति दिएको छ । त्यो ढिलाइ अप्रिल ५ मा समाप्त हुने तय गरिएको छ ।

“सम्झौता नभएमा के तपाईं म्याद थप्नुहुन्छ ?” भन्ने प्रश्नमा ट्रम्पले भने, “टिकटकसँग सम्झौता हुनेछ, म निश्चित छु ।”

ट्रम्पले आफ्नो पहिलो ह्वाइट हाउस कार्यकालमा राष्ट्रिय सुरक्षा चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । तर, अहिले उनी यसप्रति सकारात्मक देखिएका छन् ।

“स्वार्थका साथ भन्नुपर्दा मैले ३६ अङ्कले युवा मत जितेको छु । रिपब्लिकनहरूले सामान्यतया युवा समूहसँग धेरै राम्रो प्रदर्शन गर्दैनन् र मलाई लाग्छ यसको धेरै भाग टिकटकका कारण हुन सक्छ”, उनले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com