अमेरिकाको टफ्ट्स विश्वविद्यालयकी विद्यार्थीको देश निकाला आदेश न्यायाधीशद्वारा रोक


प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

अमेरिकाको म्यासाचुसेट्सका एक संघीय न्यायाधीशले टर्कीकी एक पीएचडी विद्यार्थी रुमेइसा ओजटर्कको देश निकालालाई गर्न अस्थायी रूपमा रोक लगाएका छन् ।

टफ्ट्स विश्वविद्यालयकी विद्यार्थी ओजटर्कले गाजामा इजरायली आक्रमणको विरोध गर्दै प्यालेस्टिनीहरूलाई समर्थन जनाएकी थिइन् । जसका कारण उनलाई अमेरिकी अध्यागमन अधिकारीहरूले पक्राउ गरेका थिए।

३० वर्षीया ओजटर्कलाई अमेरिकी अध्यागमन अधिकारीहरूले म्यासाचुसेट्सस्थित उनको निवास नजिकैबाट पक्राउ गरेका थिए । यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले उनको भिसा रद्द गर्दै उनलाई ‘हमास समर्थन गतिविधिमा संलग्न’ रहेको आरोप लगाएको छ । तर, यसबारे कुनै ठोस प्रमाण भने प्रस्तुत गरिएको छैन।

ओजटर्कको पक्राउ पछि उनको कानुनी टोलीले रिहाइका लागि मुद्दा दायर गरेको थियो । शुक्रबार, अमेरिकी नागरिक स्वतन्त्रता संघले पनि उनको पक्षमा कानुनी सहायता प्रदान गर्दै पुनरावृत्त मुद्दा दायर गर्‍यो। वकिलहरूका अनुसार ओजटर्कको पक्राउ अभिव्यक्तिको स्वतन्त्रता र उचित कानुनी प्रक्रियाको उल्लंघन हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार राति अदालतले उनलाई म्यासाचुसेट्स बाहिर लैजानुअघि ४८ घण्टे सूचना दिनुपर्ने आदेश जारी गरेको थियो। तर, हाल उनलाई लुइजियानामा सारिएको छ।

शुक्रबारको आदेशमा बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश डेनिस क्यास्परले ओजटर्कको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनको निर्वासनलाई अस्थायी रूपमा रोक्ने निर्णय गरे। साथै, ट्रम्प प्रशासनलाई मंगलबारभित्र ओजटर्कको मुद्दामा आधिकारिक जवाफ दिन आदेश दिइएको छ।

ओजटर्कका वकिल महसा खानबाबाईका अनुसार, ‘यो निर्णय रुमेइसालाई रिहा गरी बोस्टन फर्काउने पहिलो महत्वपूर्ण कदम हो, ताकि उनले आफ्नो अध्ययन जारी राख्न सकून्।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूलाई निर्वासित गर्ने घोषणा गरेका छन्। उनले यस्ता प्रदर्शनकारीहरूलाई हमास समर्थक, यहूदी विरोधी तथा अमेरिकी विदेश नीतिका लागि बाधक भएको आरोप लगाएका छन्।

यसैबीच, ट्रम्प प्रशासनले हालसम्म ३०० भन्दा बढी विदेशी विद्यार्थी र प्रदर्शनकारीहरूको भिसा रद्द गरिसकेको दाबी गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com