यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता


प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

YEMEN-SANAA-U.S.-AIRSTRIKES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन् ।

गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ ।

विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा विस्फोटको आवाज सुनेका पुष्टि गरेका छन् ।

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल असबहीले जारी गरेको विज्ञप्तिमा विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाका साथै सादा, अल बेदा र राडाक्षेत्रमा भएको आक्रमणमा परी ३१ जनाको मृत्यु हुनुका साथै १०१ जना घाइते भएको उल्लेख गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले सामाजिक सञ्जालमा ‘अत्यधिक घातक बल प्रयोग गर्ने’ प्रतिबद्धता व्यक्त गर्दै इरानलाई यमनी हुथीलाई दिइएको आफ्नो समर्थन तत्काल कटौती गर्न आदेश दिएका छन् ।

हुथी विद्रोहीले आक्रमणलाई ‘बिना कुनै प्रतिक्रिया नछोडिने’ चेतावनी दिए भने इरानी विदेशमन्त्री अब्बास अराघचीले मृत्युको निन्दा गर्दै वासिङ्टनलाई आफ्नो विदेश नीति निर्धारण गर्ने ‘कुनै अधिकार’ नभएको बताएका छन् ।

हुथी अन्सारोला वेबसाइटले ‘अमेरिका र बेलायती आक्रामकता’ र वासिङ्टनको ‘आपराधिक क्रूरता’ को निन्दा गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले लडाकूको तस्वीर र वमको विस्फोटका कारण भवन परिसर भत्किएको तस्बिर पोस्ट गर्दै ‘अमेरिकी हितको रक्षा गर्न, शत्रुहरूलाई रोक्न र नेभिगेसनको स्वतन्त्रता लाई पुनस्र्थापित गर्न’ ‘सटीक आक्रमण’ गरिएको बताएको छ।

घटनाबारे बेलायती अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

विद्रोहीको राजनीतिक ब्युरोले आफ्नो अल–मसिराह टिभी स्टेसनमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यमनका हाम्रा सशस्त्र बलहरू तनावको सामना गर्न पूर्ण रुपमा तयार छन् ।”

एक दशकभन्दा बढी समयदेखि यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका विद्रोहीहरू इजरायल र संयुक्त राज्य अमेरिकाको कट्टर विरोधी इरान समर्थक समूहहरूको ‘प्रतिरोधको महत्त्वपूर्ण’ हिस्सा हुन् ।

उनीहरूले गाजा युद्धको समयमा रेड सी र एडेनको खाडीको बाटो हुँदै आवतजावत गर्ने जहाजहरूमा सयौं ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् र प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता प्रकट गरेका छन्।

पेन्टागनका प्रवक्ता सिन पार्नेलले सन् २०२३ यता हुथी विद्रोहीले अमेरिकी युद्धपोतमा १७४ र व्यापारिक जहाजमा १४५ पटक आक्रमण गरेको बताए ।

यस अभियानले महत्त्वपूर्ण मार्गलाई अस्तव्यस्त बनाएको छ ।

यहाँबाट सामान्यतया विश्वव्यापी सामान ढुवानीको करिब १२ प्रतिशत हिस्सालाई ओहोरदोहोर गराइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com