क्यानडामा अब अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा २४ घण्टा क्याम्पसबाहिर काम गर्न पाउने


प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार

people sitting on chairs inside building

Photo by Owen Yin

क्यानडाको अध्यागमन एजेन्सी आईआरसीसीले अन्तर्राष्ट्रिय विद्यार्थीहरुले वर्क परमिट बिना क्याम्पसबाहिर काम गर्न सक्ने घण्टामा बृद्धि गरेको छ । अब क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुले हप्तामा २४ घण्टा वर्क परमिटविना क्याम्पसबाहिर काम गर्न पाउनेछन् । यो नियम तुरुन्तै लागु हुनेछ।

क्यानाडामा शैक्षिक सत्रको समयमा योग्य अन्तर्राष्ट्रिय विद्यार्थीहरुले हप्तामा असीमित घण्टा क्याम्पस बाहिर काम गर्न पाउने अस्थायी नीति अप्रिल ३०, २०२४ मा समाप्त भएको थियो । उक्त नीति थपिनेएको थिएन ।

मे १, २०२४ देखि विद्यार्थीहरुले पुनः पहिलेको नीतिअनुसार हप्तामा २० घण्टा मात्र क्याम्पसबाहिर काम गर्न पाउने नीति लागु गरिएको थियो । तर सेप्टेम्बर देखि नोभेम्बर २०२४ बीच क्याम्पसबाहिर काम गर्ने घण्टा बढाएर हप्तामा २४ घण्टा बनाउने अपेक्षा गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी उपायले विद्यार्थीहरुलाई उनीहरुलाई अध्ययनमा केन्द्रित गराउन र अध्ययन भिसा केवल कामको लागि प्राप्त गर्ने कार्यलाई निरुत्साहित गर्ने लक्ष्य राखेको छ। यो निर्णय जनवरी २०२४ मा लागू गरिएको अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि लागत आवश्यकतामा भएको वृद्धि पश्चात आएको हो, जसले विद्यार्थीहरुलाई क्यानाडामा पर्याप्त रकम बिना नआउन प्रेरित गर्न खोजिएको थियो ।

अध्ययन रोक्ने वा आंशिक अध्ययन गर्ने विदेशी नागरिकहरु क्याम्पसबाहिर काम गर्न भने योग्य हुँदैनन्। तर योग्य विद्यार्थीहरुले निर्धारित बिदामा पूर्ण समय अर्थात् अधिकतम ४० घण्टा प्रति हप्ता काम गर्न सक्नेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com