के भारतीय विमानस्थल हुँदै अमेरिका आउँदा पनि ‘एनओसी’ चाहिन्छ ?


प्रकाशित मिति : आश्विन २, २०८१ बुधबार

हालै अध्यागमन विभाग नेपालले भारतीय विमानस्थलहुँदै विदेश भ्रमणमा जानेहरुका लागि भारतमा रहेको नेपाली राजदूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट अर्थात् एनओसी लिनुपर्ने भन्दै सुचना जारी गरेपछि यसबारे यात्रुहरु अलमलमा परेका छन् । खासगरी भारतीय विमानस्थलहुँदै अमेरिका आउन चाहने नेपालीहरुले यसबारे प्रश्नहरु गरेका छन् ।

भारतमा रहेको नेपाली दूतावासले यसबारे सुचना प्रकाशित गरेको छ । दूतावासबाट प्रकाशित सुचनामा भारतीय विमानस्थलबाट अमेरिका आउने अमेरिकी भिसा वा आवासीय अनुमतिपत्र भएकाहरुलाई एनओसी आवश्यक नपर्ने प्रष्ट पारिएको छ । एड्भान्स परोल वा ट्राभल डकुमेन्ट लगायतका सन्दर्भमा के हुने भन्नबोरे प्रष्ट नपारिएपनि एड्भान्स परोल वा ट्राभल डकुमेन्टलाई भिसा सरह नै मान्यता दिइदै आएको छ ।

यद्यपी कतिपय यात्रुहरुले भारतीय विमानस्थलको प्रयोग गरेर कतार वा संयुक्त अरब इमिरेट्स ट्रान्जिट पारेर अमेरिका आउन खोज्दा विमानस्थलमा एनओसी माग्ने गरिएको समेत गुनासो गरेका थिए । यद्यपी उनीहरुक लागि पनि नेपाल सरकारले एनओसी आवश्यक नपर्ने स्पष्ट पारेको छ ।

अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान र सेन्जेन देशहरूको लागि वैध आवासीय कार्ड वा भिसा भएका नेपाली नागरिकहरूलाई कुनै पनि गन्तव्यमा यात्रा गर्न एनओसी आवश्यक नपर्ने दूतावासले प्रष्ट पारेको छ । नेपाली कूटनीतिक, अफिसियल वा सेवा राहदानी, संयुक्त राष्ट्र संघ लाइसेज पासर धारकहरू, र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि छुटहरू लागू हुने दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा वैदेशिक रोजगार विभागले जारी गरेको वैध वैदेशिक रोजगार अनुमति भएका नेपाली नागरिकहरूलाई एनओसी आवश्यकताबाट छुट दिइने र वैदेशिक रोजगार अनुमतिको प्रामाणिकता विभागको आधिकारिक वेबसाइट मार्फत प्रमाणित गर्न सकिने दूतावासले जनाएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनानमा भारतीय विमानस्थल प्रयोग गरी जाने नेपाली नागरिकले दूतावासबाट एनओसी लिनुपर्नेछ । रुस सरकारबाट छात्रवृत्ति पाएकाहरू वा व्यवसायिक भिसा धारकहरू बाहेक रसिया जाने यात्रुहरूले पनि दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी लिनुपर्छ ।

एनओसी प्राप्त गर्न आवश्यक भएकाहरूलाई उनीहरूको यात्रा मिति भन्दा कम्तिमा सात दिन अघि दूतावासमा सम्पर्क गर्न सल्लाह दिइएको छ । दूतावासको वेबसाइटमा विस्तृत जानकारी दिइएको छ । आवश्यक कागजातहरू सहित इमेल मार्फत आवेदन पेश गर्न सकिन्छ। प्रति व्यक्ति भारतीय एकहजार रुपैयाको सेवा शुल्क लागू हुन्छ, जुन बैंक ट्रान्सफर वा क्युआर कोड मार्फत भुक्तानी गर्न सकिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com