तनहुँको आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार


प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार

दुर्घटनाग्रस्त बस तनहुँ, ७ भदौ : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी नदीमा शुक्रबार खसेको दुर्घटनाग्रस्त बस । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस नदीमा खसेको हो । तस्बिर : रासस

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मस्याङ्दी नदीमा खसेको हो । तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका बसमा भारतीय यात्रु सवार थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन ।

अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घट्नास्थलमा यात्रुको उद्धार गरिरहेको छ । यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन गरिनुका साथै उनीहरुलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । बसमा झण्डै ४० भारतीय यात्रु सवार रहेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com