रास्वपा उपाध्यक्ष वाग्लेलाई पूर्वप्रधानमन्त्री बाबुरामको सुझाव- अभिव्यक्ति बेलैमा सच्याउनुहोस्


प्रकाशित मिति : श्रावण १९, २०८१ शनिबार

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति बेलैमा सच्याउन सुझाव दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति बेलैमा सच्याउन वाग्लेलाई सुझाव दिनुभएको हो । उहाँले मन्रो डक्ट्रिन जस्तो एउटा सार्वभौम देशमा अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन नसक्ने बताउनुभयो ।

उहाँले नेपालजस्तो दुई ठुला देशको बीचमा रहेको मुलुकका निम्ति यो झन् अकल्पनीय कुरा रहेको उल्लेख गर्नुभएको छ ।

डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ “‘मन्रो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन ! नेपालजस्तो दुई ठुला देशको बीचमा रहेको मुलुक निम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भुल सच्याउनु राम्रो होला ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रास्वपा अपाध्यक्ष वाग्लेले भारतले आफ्नो प्रभुत्व जमाउन खोजेको र नेपालले त्यो कुरा बुझिदिनुपर्ने आसयको अभिव्यक्ति दिनुभएको थियो । त्यसपछि वाग्लेको उक्त अभिव्यक्तिको आलोचना भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com