कालीगण्डकीमा स्नान गर्नेको घुइँचो


प्रकाशित मिति : श्रावण २, २०८१ बुधबार

हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण पर्व हरिशयनी एकादशीका अबसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको छ ।

पर्वतको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीबेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनी लगायतका नदि तटमा बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । मोदी र कालीगण्डकी नदीको संगमको रुपमा रहेको मोदीबेणीधाममा भजन कृतनसहित विशेष कार्यक्रम समेत राखिएको छ ।

त्यस्तै पर्वत, स्याङ्जा र गुल्मी तथा गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीबेणीमा पनि स्नान गर्न टाढा टाढाबाट श्रद्धालुहरु आइपुगेका छन । मोदीवेणीमा स्नान गर्नका लागि पर्वत, बागलुङ्ग, स्याङ्गजा र कास्कीबाट हजारौको संख्यामा श्रद्धालुहरु आउने गर्दछन भने सेतीबेणीमा पनि बागलुङ्ग, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्गजा र गुल्मीबाट श्रद्धालुहरु आएका छन् ।

मुक्तिनाथबाट बगेर आएको र साक्षात बिष्णुको अबतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीबेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पुजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हरिशयनी एकादशीको अबसरमा मोदीबेणी र सेतीवेणीमा भजन कृर्तन समेत आयोजना गरिएको छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने चलन छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपुर्ण मानिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com