एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, महासचिवमा घनश्याम भुसाल
प्रकाशित मिति : असार २०, २०८१ बिहीबार
काठमाडौँ, १५ असार ः पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत शनिबार काठमाडौं बबरमहलमा नेकपा (एकीकृत समाजवादी)को दसौँ महाधिवेशनको सन्दर्भमा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टींका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालद्वारा लिखित बिर्सिएको वर्ग सङ्घष पुस्तक विमोचन गर्दै ।तस्बिर ः हरिराम भेटुवाल÷रासस
नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।
काठमाडौंमा जारी १० औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो ।
यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन हुनुभएको पार्टीका केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिनुभयो ।
महासचिवमा घनश्याम भुसाललाई पनि सर्वसम्मत चयन हुनुभएको छ ।








