बागलुङ कालिका भगवती मन्दिरमा जेठमा १८ लाख संकलन


प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा १८ लाख सङ्कलन भएको छ ।

कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु १८ लाख २६ हजार सङ्कलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु ५८ लाख २४ हजार सङ्कलन गरेको थियो ।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी र रु १० लाख २१ हजार खर्च भएर रु आठ लाख पाँच हजार बचत भएको बताउनुभयो । खड्काले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजनलाई बास बस्नका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकै धर्मशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० निर्माण गर्न थालिएको उहाँले जानकारी दिनुभयो । उहाँले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिनेछ ।

जेठमा भक्तजनले मन्दिरमा चढाएको भेटी रु ११ लाख ९६ हजार दुई सय ६५, सटर भाडाबाट रु तीन लाख छ हजार चार सय, आर्थिक सहयोग बापत रु ५६ हजार छ सय ८३, परेवा बिक्रीबाट रु दुई लाख ४० हजार सात सय ५०, चामल बिक्रीबाट रु नौ हजार, बोकाको टाउको बिक्रीबाट रु ११ हजार नौ सय, कुखुरा बलिबाट रु नौ सय, राँगा बलिबाट रु तीन हजार छ सय, विवाहबाट रु एक हजार र पण्डितबाट रु चार सय आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेठमा कर्मचारीको तलबभत्तामा रु चार लाख ३४ हजार, विद्युत्मा रु २९ हजार पाँच सय ८०, अतिथि सत्कारमा रु ४६ हजार, उपहार रु नौ हजार, पूर्वाधारतर्फ रु दुई लाख ३६ हजार, पूजा खर्च रु ५५ हजार, जग्गा व्यवस्थापन रु एक लाख ५० हजार, खाद्य तथा आवास रु ५७ हजार र विज्ञापनमा रु पाँच हजार खर्च भएको अध्यक्ष खड्काले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com