दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान


प्रकाशित मिति : असार २, २०८१ आईतबार

बागलुङको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन् । विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ ।

बसाइँसराइले उजाड बन्दै गएको टाकुरीगाउँ र जैमिनी नगरपालिका–१ को टुनिबोटलगायत क्षेत्रका एक सय २० किसानले सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका उनीहरू घाँस पनि बेच्न थालेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उक्त गाउँलाई घाँसको स्रोत केन्द्रका रूपमा विकास गरेको छ । सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएको सहकारीले अहिले बागलुङ बजार र पोखरामा दूध बेच्दै आएको छ ।

कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद लामिछानेले दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले टाकुरीमा आफ्नै भवनमा सञ्चालित सहकारीका चारवटा सङ्कलन केन्द्र रहेका राससलाई बताउनुभयो । उहाँले सहकारीमा आबद्ध किसानलाई घाँसखेतीका निम्ति अभिप्रेरित गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक सय २५ शेयर सदस्यमध्ये एक सय २० जनाले नियमित रूपमा दूध सङ्कलन गर्दै आएका छन्, घाँसमा आधारित पशुपालनका कारण यहाँका किसानले दूधको उत्पादन लागत घटाएर नाफा बढाएका छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहकारीमार्फत किसानले वार्षिक रूपमा दूधमा अनुदानमात्रै रु पाँच लाख बुझ्दै आएका छन् । चालु आवमा सहकारीमार्फत एक लाख ८२ हजार लिटर दूध बिक्री भइसकेको छ भने किसानले दूधमार्फत रु एक करोड १८ लाख ३० हजारभन्दा बढी र भित्र्याएका छन् । सहकारीले किसानको दूध सङ्कलन गरी थोरै मुनाफा राखेर बजारीकरण गर्दै आएको छ । सहकारीले प्रतिलिटर रु ६५ मा सङ्कलन गरेर रु ७५ मा बेच्दै आएको छ । बागलुङ बजारमा प्रतिलिटर दूधको मूल्य रु एक सय २० कायम भएको छ । ढुवानी र प्रशोधन खर्च जोडेर सहकारीले दूध बेच्ने गरेको छ ।

बाँदर आतङ्कबाट पीडित यहाँका किसानले अन्नबाली लगाउन छाडेर घाँस लगाउन थालेपछि घाँस पजि बेच्न थालेका टुनिबोटका किसान रुद्रनाथ शर्माले बताउनुभयो । उहाँले १० रोपनी जग्गामा बहुवर्षे उन्नत जातको घाँस लगाएको बताउनुभयो । “सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका किसानले यस वर्ष ४० क्विन्टल घाँस बेचेका छन् । हाल भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिरोपनी घाँसमा रु तीन हजरका दरले अनुदान दिँदै आएको छ भने दूधमा प्रतिलिटर दुई रुपैया ५० पैसा अनुदान दिँदै आएको छ”, दुग्ध किसान शर्माले भन्नुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अहिले दूधमा उत्पादनका आधारमा अनुदान र घाँसखेती गर्ने किसानलाई क्षेत्रफलका आधारमा अनुदान दिएकाले किसान उत्साहित भएका केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । दूधमा अनुदान पाउन संस्थागत अथवा व्यक्तिगत दैनिक दुई सय लिटरभन्दा बढी दूध उत्पादन हुनुपर्ने नियम बनाइएको उहाँले जानकारी दिनुभयो । टुनीबोट, तल्लो टुनिबोट, टाकुरी र कुश्मिसेरालगायत स्थानबाट किसानले दूध सहकारीमार्फत दूध बेच्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com