क्यानाडामा एक्सप्रेस इन्ट्रीमार्फत पीआरका लागि देखाउनुपर्ने बैंक ब्यालेन्स बृद्धि


प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार

person holding two 20 Canadian dollar banknotes

क्यानडाले एक्सप्रेस इन्ट्रीमार्फत पीआरका लागि देखाउनुपर्ने बैंक ब्यालेन्स बृद्धि गरेको छ । क्यानडाको अध्यागमन एजेन्सी आईआरसीसीले एक्सप्रेस ईन्ट्रीमार्फत संघीय दक्ष कामदार र संघीय दक्ष ट्रेड कार्यक्रम मार्फत स्थायी बसोबासको लागि आवेदन गर्ने विदेशी नागरिकहरूलाई आवश्यक पर्ने नयाँ न्यूनतम रकम लागु गरेको हो ।

न्यूनतम रकमहरू सामान्यतया वार्षिक रूपमा अद्यावधिक गरिदै आएको छ । यो रकम परिवारको आकारमा निर्भर हुन्छ । उदाहरणका लागि एकजनाको परिवारका लागि अब न्यूनतम १४ हजार ६ सय ९० क्यानेडियन डलर फण्ड आवश्यक पर्नेछ । यस अगाडि यो रकम १३ हजार ७ सय ५७ क्यानेडियन डल रहदै आएको थियो । त्यस्तै २ जनाको परिवारका लागि १८ हजार २ सय ८८ डलर आवश्यक पर्नेछ । यस अगाडि यो रकम १७ हजार १ सय २७ रहेको थियो ।

त्यस्तै तीनजनाको परिवारका लागि २२ हजार ४ सय ८३ डलर आवश्यक पर्नेछ, यो रकम यस अगाडि २१ हजार ५५ रहेको थियो । ४ जनाको परिवारका लागि अब २७ हजार २ सय ९७, पाँचजनाको परिवारका लागि ३० हजार ६ सय ९० आवश्यक पर्नेछ । ६ जनाको परिवारका लागि ३४ हजार ९ सय १७ र सातजनाको परिवारका लागि ३८ हजार ८ सय ७५ डलर चाहिनेछ । त्यसपछि हरेक एकजना परिवारको संख्या बढ्दै जाँदा ३ हजार ९ सय ५८ डलर थप्दै जानुपर्छ ।

Toronto building with lights

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी कार्यक्रमहरुमार्फत आवेदन दिने आवेदकको बैंक वा बित्तिय संस्थामा उक्त रकम तयारी अवस्थामा हुनुपर्छ । आवेदनको बेला र पीआर भिसा जारी हुने बेलामा समेत यो रकम बैंकमा हुन आवश्यक छ । क्यानेडियन अनुभव श्रेणी अन्तर्गत आवेदन दिने विदेशी नागरिकहरू वा क्यानाडामा काम गर्न योग्य भएका तथा जागिरको अफर भएकाहरुलाई भने बैंक ब्यालेन्स देखाउन आवश्यक हुँदैन ।

परिवारको संख्या गणना गर्दा आफू, दम्पत्ति वा कानूनी पार्टनर, आश्रित छोराछोरी, दम्पत्तिका आश्रित छोराछोरीको सबैको गणना गर्नुपर्छ । दम्पत्ति वा कानूनी पार्टनर, आश्रित छोराछोरी, दम्पत्तिका आश्रित छोराछोरीहरु तपाईसँग क्यानडा नआउने भएतापनि वा उनीहरु क्यानडाका नागरिक वा स्थायी बासिन्दा भएतापनि उनीहरुको गणना गर्नुपर्छ । यो रकम देखाउँदा अरुबाट उधारो ल्याएर देखाउन नपाइने नियम रहेको छ ।

क्यानडा आउँदा सकेजति रकम ल्याउन सरकारले सुझाव दिएको छ । किनभने यसले क्यानाडामा घर सर्न र खोज्न सजिलो बनाउनेछ। तर क्यानाडामा आउँदा १० हजार डलर भन्दा बढी रकम ल्याइरहनुभएको छ भने सीमा अधिकारीलाई बताउनुपर्छ। यदि तपाईंले सीमा अधिकारीलाई नबताएमा तपाईंलाई जरिवाना लाग्न सक्छ र तपाईंको रकम जफत पनि हुन सक्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com