अब क्यानडामा केयरगिभरले आउने बित्तिकै पीआर पाउने


प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार

flag of Canada

क्यानाडाले विद्यमान होम चाइल्ड केयर प्रदायक पाइलट र होम सपोर्ट वर्कर कार्यक्रमको म्याद सकिनै लाग्दा नयाँ परिष्कृत केयरगिभर पाइल कार्यक्रमहरू घोषणा गरेको छ। जस अन्तरगत होमकेयर कामदारहरूलाई क्यानडा प्रवेश गरे लगत्तै स्थायी बासिन्दाको स्थिति प्रदान गर्नेछ ।

यस अगाडि पीआर पाउनका लागि क्यानडामा निश्चित मात्रामा कामको अनुभव चाहिने प्रावधान रहेकोमा अब उक्त अनुभव चाहिनेछैन । केयर गिभरहरुले क्यानडा पुग्ने बित्तिकै पीआर पाउने प्रकृया सुरु हुनेछ । पुरानो कार्यक्रमको म्याद जुन १७ मा सकिदै गर्दा नयाँ कार्यक्रमको घोषणा गरिएको हो ।

उनीहरूलाई अर्ध परनिर्भर वा चोट तथा रोगबाट निको हुदै गरेका व्यक्तिहरूको लागि अस्थायी वा पार्टटाइम हेरचाह प्रदान गर्ने संस्थाहरूमा काम गर्न समेत अनुमति दिइनेछ।

योग्य हुनका लागि केयरगिभरले क्यानेडियन भाषा बेन्चमार्क सीएलबीमा आधारित न्यूनतम चौथो स्तर प्राप्त गरेको हुनुपर्ने, क्यानाडाली हाई स्कूल वा सो बराबरको शैक्षिक योग्यता भएको हुनुपर्ने, हालैको र सान्दर्भिक कामको अनुभव भएको हुनुपर्ने, होमकेयर कामका लागि जागिरको अफर हुनुपर्ने मापदण्ड पूरा गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ मापदण्ड अघिल्लो पनि निकै सहज छ । किनभने अघिल्लो मापदण्डमा क्यानेडियन भाषा बेन्चमार्क सीएलबीमा आधारित न्यूनतम स्तर ५ हुनुपर्ने तथा हाइस्कुलपछि पनि एक वर्ष क्यानडाको पोष्ट माध्यामिक वा सो बराबारको शिक्षा हुन आवश्यक थियो । साथै क्यानडामा नै कम्तिमा छ महिनाको कामको अनुभव आवश्यकता थियो।

अध्यागमन मन्त्री मार्क मिलरले क्यानाडाली परिवारहरूलाई सहयोग गर्न हेरचाहकर्ताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने र सरकारका कार्यक्रमहरूले उनीहरूको अमूल्य योगदान प्रतिबिम्बित गर्न आवश्यक भएको बताएका छन् । सन् २०२४ २०२६ को अध्यागमन स्तर योजना अनुसार क्यानाडाले केयर गिभर कार्यक्रम मार्फत १५ हजार भन्दा बढी नयाँ स्थायी बासिन्दाहरूलाई स्वागत गर्ने अपेक्षा गरेको छ ।

सन् २०१९ मा कार्यक्रम लागु भएदेखि सन् २०२४ को अप्रिल ३० सम्म झण्डै ५ हजार ७ सय केयर गिभर र तिनीहरूका परिवारका सदस्यहरूले क्यानडाको पीआर पाइसकेका छन् ।

क्यानाडामा हेरचाहकर्ताहरूको माग जनसंख्याको उमेरसँगै बढ्दै गएको छ। आगामी छ वर्षमा ९० लाख क्यानेडियनहरू रिटायर्ड हुने अपेक्षा गरिएको छ। यसको मतलब आगामी वर्षहरूमा धेरै व्यक्तिहरूलाई उनीहरूको घर वा संस्थाहरूमा थप हेरचाहको आवश्यकता पर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com