बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे


प्रकाशित मिति : जेष्ठ ११, २०८१ शुक्रबार

२५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न गुम्बा र मायादेवी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो । बिहीबार दिनभर सङ्ख्या कम रहे पनि साँझ ७ बजेपछि हजारौँको सङ्ख्यामा दर्शनार्थी आएपछि व्यवस्थापनमा कमी देखिएको जनाइएको छ ।

बिहीबार साँझ ७ बजेपछि भीड नियन्त्रण गर्न केही बेर मायादेवी मन्दिरको मूलद्वार नै बन्द गर्नुपरेको थियो । दर्शनार्थीको भीड मूलद्वारदेखि बेबी बुद्धसम्म पुगेको थियो । पवित्र उद्यानमा पनि ठाउँ नभएपछि विकास कोषले भित्र रहेका दर्शनार्थी बाहिर गएपछि मात्र मूलद्वारसँगै पश्चिमी द्वार खोलेको थियो ।

भीडका कारण लुम्बिनी विकास कोषको ३ नम्बर प्रवेशद्वार र ४ नम्बर द्वारमा जाम लागेको थियो । कोष बाहिर पनि निर्माणाधीन पुलको कारण जाम लागेर दर्शनार्थीले सास्ती खेप्नुपरेको थियो । लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार बुद्ध पूर्णिमाको दिन मात्र ५० हजारभन्दा बढीले मायादेवी मन्दिरको अवलोकन गर्नुभएको छ ।

“यो सङ्ख्या अझै बढ्ने सम्भावना थियो, तर भारतमा भएको लोकसभाको निर्वाचनको कारण भारतीय दर्शनार्थी धेरै आउन सक्नुभएन”, राईले भन्नुभयो, “अहिलेको चाप हेर्दा पनि भविष्यमा यसलाई व्यवस्थापन गर्ने गरी कोषले योजना बनाउन आवश्यक रहेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले पूर्णिमाको दिन दर्शनार्थीको घुइँचो देखेर उत्साहित बनाएको बताउनुभयो । थोरै विदेशी पर्यटक रहे पनि ९५ प्रतिशत बढी अवलोकनकर्ता नेपाली नै रहेको राईले जानकारी दिनुभयो ।

परिवारसहित लुम्बिनीमा अउनुभएका भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले भीडका कारण पर्यटन व्यवसायीलाई खुसी बनाएको बताउनुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गरी अन्तरआबद्धता बढाउन सके यो क्षेत्रको पर्यटन सधैँ यस्तै गुल्जार हुनसक्ने बताउनुभयो ।

गत वर्षसम्म मन्दिर परिसरमै दीप प्रज्ज्वलन गर्ने गरिएको थियो । तर यस वर्षदेखि भने कोषले बगैँचाबाहिर शेड बनाई दियो बाल्ने व्यवस्थापन गरेको छ । मायादेवी मन्दिरलाई विद्युतीय बत्तीले सजाइएको थियो । यसले पनि पर्यटकलाई मोहित बनाएको थियो । गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको वैशाख पूर्णिममा त्रिसंयोगको रुपमा बुद्ध जयन्ती मनाउने गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com