सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा


प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले सामाजिक सञ्जालमार्फत नेपालस्थित अमेरिकी दूतावासले भिसा अस्वीकृत गरेको जानकारी दिएका हुन् ।

अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आईसीसी टी- २० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसाको आवेदन दिएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि सन्दीपलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा अस्विकार गरेको हो ।

सन्दीपलाई सन् २०१९ मा पनि अमेरिकन दूतावासले भिसा दिएको थिएन् ।

 

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com