कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ


प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार

प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ गरेको हो ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो। प्रहरीले मंगलबार नै जिल्ला प्रहरी कार्यालय धनुषा लैजाने तयारी गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com