आइतबारसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री दाहाल


प्रकाशित मिति : जेष्ठ ५, २०८१ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।

“प्रमुख प्रतिपक्षी दल र सत्तासमीकरणका साझेदार प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भोलिसम्म सदनको अवरोध हट्नेछ ।”

यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्रीले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले आगामी बजेटमार्फत जनताका आकाङ्क्षा सम्बोधन गरिने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ”, प्रधानमन्त्रीले भन्नुभयो, “बजेटमार्फत नीति तथा कार्यक्रमलाई सहीरुपमा सम्बोधन गर्नुपर्नेछ ।

एकीकृतरुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले नेपालको लोकतन्त्र सुदृढीकरणका लागि पनि कम्युनिष्टहरू एकीकृत हुनुपर्ने बताउनुभयो । “समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिष्ट विचारका सबै एक ठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्र सुदृढीकरण र जनताका आकाङ्क्षा पूरा गर्न सबै एकजुट हुनुपर्छ ।”

प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र ‘कालीकोट’ स्मारिका विमोचन गर्नुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com