क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा


प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दाको उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत पुसमा लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो । त्यसपछि, लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com