दैलेख प्रशासनमा ‘सेवाग्राही स्वास्थ्य परिक्षण कक्ष’, निःशुल्क औषधी र स्वास्थ्यकर्मी


प्रकाशित मिति : बैशाख १९, २०८१ बुधबार

जिल्ला प्रशासन कार्यालय दैलेखको कार्यालय परिसरमा सेवाग्राही स्वास्थ्य परिक्षण कक्ष सञ्चालनमा आएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई लक्षित गर्दै प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परिक्षण कक्ष सञ्चालमा ल्याइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

प्रशासन कार्यालय दैलेखले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएको बेलामा सेवाग्राहीहरुको स्वास्थ्यलाइ समेत ध्यानमा राखेर निरन्तर सेवा दिने गरि सेवाग्राही स्वास्थ्य परिक्षण कक्ष सञ्चालन गरिएको भुसालले बताए ।

‘हामीले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएको महशुस गरेका छौं । सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रममार्फत सेवाग्राहीका गुनासा तथा समस्याको सुनुवाइ गर्दै आएकोमा मंगलबारदेखि सेवाग्राहीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर सेवाग्राही स्वास्थ्य परिक्षण कक्ष समेत सञ्चालमा ल्याएका हौं ।’ – प्रजिअ भुसालले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार दिउँसो १२ बजेदेखि ०२ बजेसम्म कार्यालयमा उपस्थित भएका सेवाग्राहीहरुले स्वास्थ्य परिक्षण कक्षबाट सेवा लिन सक्नेछन् । स्वास्थ्य परिक्षण कक्षका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट निः शुल्क औषधि तथा जिल्ला अस्पतालबाट एकजना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको प्रजिअ भुसालले बताए ।

प्रशासन कार्यालय दैलेखले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । प्रजिअ खिमराज भुसालले हरेक दिन दिउँसो १ बजे सेवाग्राहीसँगै बसेर उनीहरुका समस्या र गुनासा सुन्ने गरेका छन् । यस कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध सकारात्मक भएको महशुस गरेको उनी बताउँछन् ।

यो कार्यक्रम अन्तर्गत लंगिक हिंसा, बालविवाह र लागुऔषध दुर्व्यसन लगायत समस्या न्यूनीकरण गर्ने विषयमा समेत सेवाग्राहीसँग छलफल गरिरहेको प्रजिअ भुसालले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com