सालझण्डी-ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा, स्तरोन्नतिमा ढिलासुस्ती


प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार

राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो । तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।

यतिका समयसम्म सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । विसं २०६८ मा रुपन्देहीको सालझण्डीदेखि सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको थियो । रुपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार काम हुन सकेको छैन ।

सङ्घीय सरकारले सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेर ठेक्का प्रक्रिया अगाडि बढाए पनि निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको छ । विसं २०७८ कात्तिक ५ गते निर्माण कम्पनीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि वडा नं ९ को फल्लेघरसम्म को २२ किलोमिटर सडक ग्राभेल गर्ने गरी जिम्मा लिएको थियो ।

सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलका लागि स्वच्छन्द/ओमबुद्ध जेभी काठमाडौँले रु २३ करोडमा जिम्मा पाएको थियो । तीस महिनामा सक्ने गरी सम्झौता भए पनि हालसम्म आधा पनि काम हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म २६ प्रतिशत वित्तीय र ३० प्रतिशत भौतिक प्रगति भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी दिक्षा बस्यालले जानकारी दिनुभयो । निर्माण कम्पनीको ३० महिने काम गर्ने अवधि सकिएको भन्दै म्याद थपका लागि निवेदन आएको उहाँको भनाइ छ ।

कार्यालयले म्याद भने थपि नसकेको बस्याल बताउनुहुन्छ । निर्माण कम्पनीले चासो दिएर काम नगर्दा समयमै काम नसकिएको उहाँले बताउनुभयो । कार्यालयले बारम्बार समयमै काम सक्नका लागि ताकेता गरे पनि अटेरी गरेको छ ।

सूचना अधिकारी बस्यालले भन्नुभयो, “निर्माण कम्पनीले काम गरिसक्नुपर्ने हो, यतिका समयसम्म प्रगति हेर्नुहुन्छ भने निकै कम छ, कार्यालयबाट धेरै पटक समयमै काम सक्नका लागि पत्राचार ग¥यौँ, तर अहिले म्याद नै सकियो, काम सकिएन, निर्माण कम्पनीले नियमानुसार म्याद थपका लागि निवेदन दिनुभएको छ, तर म्याद थप भने भएको छैन, धमाधम काम गरेको भए पहिले नै सकिन्थ्यो, ग्राभेल गर्ने मात्रै काम थियो, निर्माण कम्पनीले ढिला सुस्ती ग¥यो ।”

सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन आउने पर्यटक र स्थानीय बढी मर्कामा छन् । दैनिक सयौँ यात्रु तथा पर्यटक जोखिमपूर्ण यात्रा गरेर ढोरपाटन पुग्ने गर्छन् । हिउँदको समयमा जसोतसो यातायातका साधन चले पनि बर्खा लाग्यो भने ठप्प हुने गर्दछन् ।

हिउँदको समयमा पनि ठूलो वर्षा हुँदा गाडी राम्रोसँग चल्न सक्दैनन् । सडक सहज नहुँदा स्थानीयलाई पालिकाको केन्द्र बुर्तिबाङ आउजाउमा समेत समस्या भएको ढोरपाटन–९ का प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । ढोरपाटनदेखि बुर्तिबाङ बजार दूरीका हिसाबले छोटो भए पनि अप्ठ्यारो सडकका कारण दुई घण्टा बढी समय लाग्ने उहाँको भनाइ छ ।

“सबैले ढोरपाटन ढोरपाटन मात्रै भन्छन्, तर यहाँ पुग्ने सडक गतिलो बनाउन सकेनन्, हामीहरु हिउँदमा धुलो खाने, बर्खामा हिलो खाने मात्रै भइयो, यात्रा गर्दा महँगो भाडा तिर्नुपर्छ, सजिलोसँग यात्रा पनि गर्न पाइँदैन, कहाँनेर दुर्घटना हुन्छ भन्दै मुटु छामेर यात्रा गर्नुपर्छ”, घर्तीले भन्नुभयो, “बाटो उस्तै साँघुरो छ, खाल्डाखुल्डीले गर्दा गाडी बीच बाटोमै बिग्रिँदा घुम्न आएका पर्यटक अलपत्र पर्ने गरेका छन्, ठेकेदारले काम गरेन भन्छन्, काम नगर्ने ठेकेदारलाई कारबाही गर्न कसले रोकेको रैछ, बुझिनसक्नु छ ।”

एक सय ९० किलोमिटर दूरीको सालझण्डी–ढोरपाटन सडक बागलुङमा मात्रै ५० किलोमिटर पर्छ । यो सडकसँग बागलुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका गरि तीन पालिका जोडिएका छन् । ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले निर्माण कम्पनीको ढिलासुस्तीका कारण यहाँका हजारौँ नागरिक र सयौँ पर्यटकले समस्या भोग्नुपरेको बताउनुभयो ।

पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट आउने पर्यटकले बुर्तिबाङसम्म राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा सहजरुपले आए पनि ढोरपाटन पुग्न निकै गाह्रो भएको गुनासो गर्ने गरेको उहाँको भनाइ छ । काम सक्नका लागि समय–समयमा ठेकेदारलाई आग्रह गरे पनि अटेरी गरेको कायत बताउनुहुन्छ ।”

उहाँले भन्नुभयो, “बुर्तिबाङसम्म आउनका लागि अहिले कुनै समस्या छैन, जब बुर्तिबाङदेखि माथि लागिन्छ तब, यात्रुले सास्ती खेप्नुपर्ने अवस्था छ, कतै गाडी फसेर समस्या बन्दिन्छ, कतै साँघुरो सडकका कारण अप्ठ्यारो ठाउँमा जाम पर्छ, सडकको स्तरोन्नति नहुँदा अनेक समस्याले ग्रसित बनाएको छ, गाउँबाट आलु, सिमी र स्याउ बजार ल्याउन पनि उत्तिकै समस्या हुने गरेको छ, काम नगर्ने निर्माण कम्पनीलाई राज्यले कारबाही गर्नुपर्छ ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com