चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर


प्रकाशित मिति : चैत्र ३०, २०८० शुक्रबार

शारिरिकरुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन । उहाँ इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र फर्कने गर्नुहुन्छ । धेरै वर्षसम्म उहाँलाई ह्विलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपथ्र्यो ।

युवा इन्जिनियर सुनिल परियारले उहाँका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएपछि हिँडडुल गर्न सजिलो भएको हो । परियारको अनुसन्धान समूहले उहाँका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएका हुन् ।

शिक्षक बम्जनले इलेक्ट्रिक ह्विलचियरले जीवनशैलीमै परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ ह्विलचियरले स्कुटर चलाउने सपना पूरा हुनुको साथै सडक पार गर्न सजिलो भएको छ ।”

युवा समूहले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी प्रयोगशाला ९ल्याब० सञ्चालन गरी ह्विलचियर निर्माण र अनुसन्धानको काम गरिरहेका छन् । नौ वर्षदेखि ह्विलचियर निर्माण र मर्मतको काम गर्नुभएका सुनिल परियार नेपालको वातावरणमैत्री ह्विलचियर निर्माण अभियानमा हुनुहुन्छ । विद्यार्थीलाई पनि ह्विलचियर निर्माण र मर्मतको काम सिकाइरहेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“विभिन्न डिजाइनका ह्विलचियरबारे अध्ययन गरेर अपाङ्गता भएका व्यक्ति, अस्पताल र सङ्घसंस्थाको अनुरोधमा नयाँ बनाउने र पुरानो मर्मत गर्ने काम ल्याबले गरिरहेको छ”, उहाँले भन्नुभयो, “ल्याबले फ्रेम डिजाइनिङ गरेर नयाँ मोडलको ह्विलचियर उत्पादन गर्छ ।” सबै अपाङ्गता भएका नागरिकलाई सरकारले निःशुल्क ह्विलचियर उपलब्ध गराउनुपर्ने उहाँको जोड छ ।

इन्फिनिटी ल्याबसँग आबद्ध खेम केसी सरकारसँग समन्वय गरी काम गर्न इच्छुक रहेको बताउनुहुन्छ । केसीले आवश्यकताअनुसारको डिजाइन र साइजमा ह्विलचियर निर्माण गरिरहेको बताउनुभयो । दुर्घटना, मस्तिष्कघात र स्पाइनलकर्ड इञ्जुरीका बिरामीलाई ह्विलचियरको आवश्यकतापर्ने केसीको भनाइ छ ।

उहाँले भन्नुभयो, “ह्विलचियर नपाएमा स्पाइनलकर्ड इञ्जुरीको बिरामी शययमा नै हुन्छ । शरीरमा रक्त प्रवाह राम्रो हुँदैन ।” उहाँले अस्पतालमा १२ वर्ष काम गरेर त्यहाँ बिरामीले भोग्ने समस्या देखेपछि ह्विलचियर उत्पादनको काममा लागेको बताउनुभयो ।

इञ्जिनियर सुनिलले भूकम्पपछि लामो समय अध्ययन गरी नेपालमै पहिलोपटक इलेक्ट्रिक ह्विलचियर उत्पादन सुरु गर्नुभएको हो । उहाँले ह्विलचियरबारे जनचेतनाान कमी र ह्विलचियर मैत्री वातावरण नरहेकोे बताउनुभयो ।

“ह्विलचियर प्रयोग गर्न लजाउने प्रवृत्ति अझै देखिन्छ, यसका लागि सामाजिक सचेतना जरुरी छ”, उहाँले भन्नुभयो, “अपाङ्गता भएकालाई घरभित्रै राख्ने बानी अन्त्य गरी ह्विलचियरमा हिँड्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ ।”

इन्फिनिटी ल्याबको भूमिका प्रेरणादायी रहेको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराइले बताउनुभयो । उहाँले यस्ता किसिमका अनुसन्धान र विकासका काममा राज्यको सहयोग आवश्यक रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com