एपबाटै निःशुल्क ब्रिज कोर्स पढ्न चाहानुहुन्छ ? यसो गर्नुहोस्


प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार

एसईई सकिएपछि र प्लस टुका कक्षाहरु सुरु हुनु अघिको खालि समयको सदुपयोग गर्नका लागि प्रायः जसो विद्यार्थी ब्रिज कोर्स गर्नमा चासो राखिरहेका हुन्छन् । तर, पछिल्लो समय एकातिर ब्रिज कोर्सको शुल्क महँगिदै गइरहेको छ भने अर्को तिर विभिन्न स्थानीय निकायहरूले ब्रिज कोर्स प्रतिबन्ध नै गरेका छन्। यसले विद्यार्थीहरूलाई असुविधा पर्नुका साथै खाली समयमा कसरी आफ्नो पढाइलाई निरन्तरता दिने भन्ने दुविधा रहेको पाइन्छ। यसको राम्रो विकल्प हुन सक्छ ओपन लर्निङ्ग फाउन्डेसनले सञ्चालनमा ल्याएको एप तथा वेबसाइट nepaledu.org , जसबाट नि:शुल्क र घरमा बसरे नै ब्रिज कोर्सका रेकर्डेड क्लासहरू हेर्न सकिन्छ।

ओपन लर्निङ्ग फाउन्डेसन नेपालमा शिक्षाको पहुँच बढाउने उद्देश्यले इ-लर्निङ्ग क्षेत्रमा कार्यरत एक संस्था हो। यसले सञ्चालनमा ल्याएको वेबसाइट तथा एपमा विभिन्न संकायका विषयहरू छन् जुन सबै विद्यार्थीका लागि निःशुल्क रहेको छ। विद्यालय तहको १ कक्षा देखि लोकसेवा तयारी सम्मका विषयहरू अध्ययन गर्न सकिने यो एपमा ब्रिज कोर्सका विषयहरू भने हालसालै उपलब्ध गराइएको हो। ओपन लर्निङ्ग फाउन्डेसनका सञ्चालक बिन्दु राज तिमिल्सिनाका अनुसार एपमा सातवटा संकायका ३७ वटा कोर्स राखिएका छन्। साइन्स र म्यानेजमेन्ट बाहेक यसमा हेल्थ असिस्टेन्ट, फार्मेसी, इन्जिनियरिङ, डेन्टल साइन्स, पीसीएल नर्सिङ लगायतका संकायका विषयहरूका ब्रिज कोर्स पनि यस एपमा अध्ययन गर्न सकिन्छ।

सञ्चालक बिन्दु राज तिमिल्सिनाका अनुसार विद्यार्थीको सुलभता र जहाँ कहीँबाट पनि विद्यार्थीहरुको प्लस टुको तयारी गर्न सकुन् भन्ने उद्देश्यले यो nepaledu.org यी रेकर्डेड कक्षाहरू राखिएका हुन्। ब्रिज कोर्सका कक्षा सञ्चालनमा नरहेका ठाउँका विद्यार्थीहरू पनि अब वञ्चित हुन नपर्ने उनी बताउँछन् । उनका अनुसार अबको डिजिटल युगमा शिक्षालाई अझ प्रभावकारी बनाउनका लागि इ-लर्निङ्गको भूमिका महत्त्वपूर्ण रहेको छ। ब्रिज कोर्सका कक्षा सँग सँगै www.nepaledu.org ले अन्य धेरै कोर्सहरू पनि तयार परिरहेको छ। यी कोर्सहरू पनि विद्यार्थीका अध्ययनका लागि छिट्टै नै एपमा उपलब्ध हुने बताइएको छ। यसमा हाल उपलब्ध रहेको कोर्स तथा ब्रिज कोर्सका विषयहरू अध्ययन गर्नका लागि कम्प्युटरबाट www.nepaledu.org मा गएर वा फोनमा यसको एप डाउनलोड गरेर निःशुल्क अध्ययन गर्न सकिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com