नेपालमा सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला एक लाख ३५ हजार ६ सयमा कारोबार


प्रकाशित मिति : चैत्र २५, २०८० आईतबार

नेपाली बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला दुई हजार नौ सयले वृद्धि भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार छ सय ७० निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार छ सय १५ मा कारोबार भएको थियो ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com