नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, छापावाल सुन प्रतितोला एक लाख ३० हजार


प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।
बिहीबार प्रतितोला एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय २५ पुगेको छ ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com