सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री लामिछाने


प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो । “सहकारी ठगीको विषयमा केरो नाम छ, तर नाम बाहेक मेरो केही पनि छैन, न त हस्ताक्षर छ, न कुनै ल्याप्चे लगाएको छु, न पत्र आएको छ, न कुनै पत्र पाएको छु । न कुनै मुद्दा आएको छ”, उहाँले भन्नुभयो–, “सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नै छैन, अदालतमा दर्ता गरिएको मुद्दामा पनि म प्रतिवादी छैन ।”

यसैगरी प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा प्रहरी समक्ष जाहेरी परे पनि उक्त जाहेरीमा उपप्रधानमन्त्री लामिछानेको कुनै संलग्नता नरहेको बताउनुभयो । “सहकारी ठगी सम्बन्धि उजुरीमा गृहमन्त्रीज्यूको नाम जोडिने गरी कुनै प्रमाण आएको छैन,” उहाँले भन्नुभयो– “उहाँको नाममा सांकेतिक रुपमा मात्रै उजुरी आए पनि कुनै प्रमाण छैन ।”

बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री लामिछानेको नाम जोडिएकाले यस विषयमा स्पष्ट पारिदिन आग्रह गर्नुभयो । “सहकारी ठगीको विषयमा रवि लामिछाने भन्ने नाम जोडिएको छ, त्यो नाम हाम्रा गहृमन्त्रीकै जस्तो रहेछ, तपाइ नै हो ? हो भने तपाईको पनि निष्पक्ष छानबिन जरुरी छ,” उहाँले भन्नुभयो, “यदी छानविनलाई विश्वसनिय बनाउने हो भने केही समयमका लागि तपाई गहृमन्त्रीबाट बाहिर निस्कदा राम्रो हुने छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com